जनकपुर चुरोट कारखाना लिमिटेडको भित्तामा मिथिला चित्रकला चकाचक
३३ बिघा ९ कठ्ठा जग्गा ओगटेको उद्योगको बाहिरी पर्खालको ३ हजार ५ सय फिट (१ किमि) मा १ सय ६० वटा मिथिला पेन्टिङ कोरिने जनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २० लाख रुपैयाँ खर्चेर जचुकालिको बाहिरी परिसर सिंगारिरहेको छ । मिथिलाको संस्कृति, रहनसहन, खानपान र विविधता झल्काउने १ सय ६० फरक प्रकारका मिथिला पेन्टिङ पर्खालमा पोतिने जनाइएको छ ।

२०८१ मंसिर १४ शुक्रबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर चुरोट कारखाना लिमिटेड९ जचुकालि०को भित्ता केही दिनदेखि मिथिला चित्रकलाले रंगिदैछ । केही दिनदेखि जचुकालिको भित्तामा कलाकारहरु सीतारामको विवाह समयको प्रतीकात्मक चित्रकला कोरिरहेको देखिएका छन् ।
याक, गैँडा र देउराली ब्रान्डको चुरोट उत्पादन गर्ने यो उद्योग २०७० असार २० गतेदेखि बन्द छ । उद्योगभित्र हाल मधेश प्रदेश सरकारको मुख्यालय छ । सोभियत संघ (रुस) को सहयोगमा २०१७ सालमा जनकपुरमा यो उद्योग निर्माण थालिएको थियो । करिव ६४ वर्षअघि निर्माण गरिएको उद्योगको यो भित्तालाई मधेश प्रदेश सरकारले मिथिला पेन्टिङ गरेर सिंगार्न थालेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्यद्वारको पश्चिमी भित्तामा तीनजना कलाकार हरुको एक समूहले एकैसाथ एउटै पेन्टिङलाई अन्तिम रूप दिँदै थिइन् । मिथिलाको वैवाहिक परम्परालाई भित्तामा उतारेका तीनैजना कलाकारहरूले आफूहरुले लगाएको लुगाको रंग नै पेन्टिङमा पोतेका छन् ।
३३ बिघा ९ कठ्ठा जग्गा ओगटेको उद्योगको बाहिरी पर्खालको ३ हजार ५ सय फिट (१ किमि) मा १ सय ६० वटा मिथिला पेन्टिङ कोरिने जनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २० लाख रुपैयाँ खर्चेर जचुकालिको बाहिरी परिसर सिंगारिरहेको छ । मिथिलाको संस्कृति, रहनसहन, खानपान र विविधता झल्काउने १ सय ६० फरक प्रकारका मिथिला पेन्टिङ पर्खालमा पोतिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…