जनकपुर बोल्टसको लोगोमा जानकी मन्दिरको पुरै फोटो राख्न चौतर्फी माग, डिजाइन बिगारेको भन्दै विरोध
समाजिक सँजालमा जनकपुर बोल्टसको लोगोमा जानकी मन्दिर पुरै देखिने गरी राख्न माग गरिएको छ । यद्यपी, यसको लागि टिमका मालिक उत्सव सिग्देल र म्यानेजर नीरज खतिवडासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।

२०८१ मंसिर ११ मंगलबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो मँसिर १६ गते आयोजन हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी भएको जनकपुर बोल्टस् टिमको लोगोमा जानकी मन्दिरको अधुरो डिजाइन राखिएको भन्दै चौतर्फी विरोध जनाइएको छ ।
जनकपुर बोल्टसको लोगोमा जानकी मन्दिरको बीचको एक टुप्पोलाई अँकित गरेपनि डिजाइन बिगारेको भन्दै सच्याउन माग उठेको छ । सोमबार बिहानैदेखि जनकपुर बोल्टसको विरोध भईरहेको छ । जनकपुरबाट नाम राखिएपछि जानकी मन्दिरको पहिचानसँग खेलवाड गर्न खोजेको भन्दै डिजाईन सच्याउन चौतर्फी आवाज उठन थालेको छ ।
सोमबारदेखि नै समाजिक सँजाल तातिएको छ भने हिन्दुवादी सँगठनहरुले यसलाई अवसरको रुपमा लिएको छ । उनीहरुले लोगोमा जानकी मन्दिरको पुरै तस्विर डिजाईन गर्नुपर्ने माग अघि सारेका छन् । विश्व सम्पदामा सूचिकृतको लागि तत्तपर रहेको विश्वप्रसिद्ध जानकी मन्दिरको अस्तित्वसँग खेलवाड गरेको भन्दै जनकपुर बोल्टसको चौतर्फी विरोध जनाइएको छ ।

समाजिक सँजालमा जनकपुर बोल्टसको लोगोमा जानकी मन्दिर पुरै देखिने गरी राख्न माग गरिएको छ । यद्यपी, यसको लागि टिमका मालिक उत्सव सिग्देल र म्यानेजर नीरज खतिवडासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…