न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सँचालनमा रहेको प्राईभेट विद्यालय तथा कलेजलाई बन्द नगरी वार्ता गर्न अनुरोध गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह भारतको अयोध्यामा भएको बेला प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तिमा विद्यालय शान्ती क्षेत्र भएकोले बन्द नगरी वार्तामा आउन अपिल गरेको हो ।
छात्रवृतिको सन्दर्भमा उपमहानगरले गरेको निर्णयको विरुद्धमा जनकपुरका प्याबसन, एनप्याबसन, हिसान लगायतका संगठनले निर्णयको विरुद्धमा जनकपुरभित्र सँचालनमा रहेको स्कूल कलेजहरु बन्द गरी आन्दोलन गरिरहेको छ ।
उपमहानगरपालिकाले विद्यालय निर्वाध रुपमा सँचालन गरी वार्तामा आउन आग्रह गरेको हो । आजदेखि जनकपुरका विद्यालयहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८१ मङ्सिर ३ सोमबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्