धनुषाधाम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा २१ जनाको उम्मेदवारी, ९ जना स्वतन्त्र
नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट शुनिल कापर केवट, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, नेकपा एकिकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिँह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी हुन् ।

२०८१ मंसिर २ आइतबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिर १६ गते हुने उपनिर्वाचनको लागि धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदको लागि २१ जनाले मनोयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधामले दिएको जानकारी अनुसार आज आईतबार तोकिएको मनोयन दर्ताको क्रममा विभिन्न दलका प्रतिनीधिसहित स्वतन्त्र उम्मेदवार गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
वडा नं. १ का वडाध्यक्षको निधन भएपछि पद रिक्त भएको थियो । निर्वाचन आयोगले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को लागि १६ गते निर्वाचन गराउने भएको छ ।
जसको लागि जसपा नेपालबाट अजय कुमार यादव, जसपाबाट अरुण सादा, नेपाली काँग्रेसबाट अशोक कुमार मण्डल, जनमत पार्टीबाट कुशेश्वर मण्डल, एकिकृत समाजवादी पार्टीबाट गोपाल सा सुडीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, स्वतन्त्रबाट दिलिप कुमार ठाकुर बरही,नरेश सादा, हुकुम सिँह, सँजय कुमार यादव, सँजीत कुमार यादव, रवि कुमार मण्डल, विनोद कुमार यादव, विनोद मण्डल र विशेश्वर मण्डल रहेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट शुनिल कापर केवट, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, नेकपा एकिकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिँह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी हुन् ।
यसअघि देहान्त भएका वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । सो वडामा नेपाली काँग्रेस पार्टीको पक्कड बलियो रहेको छ । वडामा जसपा र काँग्रेसबीच टक्कर हुने अनुमान गरिएको छ । जातीय मत बटुल्न सके जसपा नेपाललाई जनमतले समेत कडा टक्कर दिने सम्भावना रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…