धनुषाधाममा डा. सिके राउतको आमसभा
जनमत पार्टीका अध्यक्ष डा।राउतले शनिवार सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकामा सभा गरेका थिए ।मधेश प्रदेशको ४ जिल्लामा गरी ७ वटा वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । रौतहट जिल्लाको ३, सप्तरी जिल्लाको २, धनुषा र महोत्तरी जिल्लाको १र१ वटा वडामा निर्वाचन हुन लागेको छ ।

२०८१ मंसिर २ आइतबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यमा धनुषाधाम नगरपालिकामा सभा र पार्टी प्रवेशको कार्यक्रम आइतवार हुन लागेको छ ।
धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा उपचुनाव हुन लागेको छ । मंसिर १६ गते हुन लागेको उपचुनावको मनोनयन पत्र दाखिला गर्ने कार्यक्रम रहेको छ । धनुषाधाम नगरपालिकाको वडाअध्यक्षका लागि जनमत पार्टीले पनि उम्मेदवारी दिन लागेको छ ।कांग्रेसबाट निर्वाचित विश्वनाथ यादवको मृत्यु भएपछि उपचुनाव हुन लागेको छ ।
जनमत पार्टीका अध्यक्ष डा।राउतले शनिवार सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकामा सभा गरेका थिए ।मधेश प्रदेशको ४ जिल्लामा गरी ७ वटा वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । रौतहट जिल्लाको ३, सप्तरी जिल्लाको २, धनुषा र महोत्तरी जिल्लाको १र१ वटा वडामा निर्वाचन हुन लागेको छ ।
वडाको उपचुनावमा सफलता प्राप्त गर्न मधेश केन्द्रित दलका शीर्ष नेताहरु चुनावी मैदानमा उत्रेका छन् ।तर लोकतान्त्रिक समाजवादी पार्टी९ लोसपा०का नेताहरु भने खासै सकृय देखिएको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…