धनुषाधाम नगरपालिका वडा नं. १ मा उपनिर्वाचनको तयारी, निर्वाचन अधिकृतको कार्यालय कायम
वडा नम्बर १ मा नेपाली काँग्रेसको बलियो पक्कड मानिन्छ । यसअघि समेत काँग्रेसले नै बाजी मारेको थियो । उपनिर्वाचनमा मेयर बालेश्वर मण्डल समेत काँग्रेस पार्टीबाटै रहेको र उपमेयर समेत काँग्रेसबाटै भएकोले मण्डललाई सहज हुने बताईएको छ ।

२०८१ मंसिर १ शनिबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिर १६ गते तोकिएको उपनिर्वाचनको लागि धनुषाधाम नगरपालिका वडा नम्बर १ मा समेत उपनिर्वाचनको तयारी थालिएको छ ।
सो क्रममा शुक्रबार वडा नं. १ को उपनिर्वाचनको लागि कार्यालय कायम गरिएको छ । जिल्ला अदालत धनुषाका न्यायधीश एवम् मुख्य निर्वाचन अधिकृत समेत रहेका चुरामन खडकाले उप निर्वाचन को लागि निर्वाचन अधिकृतको कार्यालय कायम गरे ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरीका एसपी दर्शन गिरी, निर्वाचन अधिकृत लुम्बनाथ पोखरेल, धनुषाधामका प्रमुख प्रशासकीय अधिकृत सँजीत दास समेतको विशेष उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय कायम गरिएको हो ।
यसअघि वडाध्यक्षमा निर्वाचित भएका नेपाली काँग्रेसका विश्वनाथ यादवको अल्पायूमै निधन भएपछि निर्वाचन आयोगले सो ठाउँमा उपनिर्वाचन गराउन लागेको हो । वडा नम्बर १ को लागि भोली मँसिर २ गते आईतबार मनोयन दर्ताको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेसबाट अशोक मण्डलले उम्मेदवारी दिने बताईएको छ ।
वडा नम्बर १ मा नेपाली काँग्रेसको बलियो पक्कड मानिन्छ । यसअघि समेत काँग्रेसले नै बाजी मारेको थियो । उपनिर्वाचनमा मेयर बालेश्वर मण्डल समेत काँग्रेस पार्टीबाटै रहेको र उपमेयर समेत काँग्रेसबाटै भएकोले मण्डललाई सहज हुने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…