सिडिओ अफिसका हाकिमलाई गालीगलौज गरेको आरोपमा जनमतका चौरसिया पक्राउ
यता, जनमतका नेता चौरसियाले भने अधिकृत यादवलाई रितपूर्वक नागरिकता बनाइदिन आग्रह गरेपछि राजनीतिक पूर्वाग्रहले पक्राउ पूर्जी जारी गरेको बताए ।

२०८१ कार्तिक २८ बुधबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जनमत पार्टीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्लास्थितका एक नेतालाई प्रहरीले मँगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृतलाई गालीगलौज गरेको अभियोगमा जनमत पार्टीका नेता बताउने बिरेस चौरसियालाई मंगलबार पक्राउ गरिएको हो ।
परोहा नगरपालिका वडा नं ८ स्थित मोतिपुरका पुकार चौरसियाका छोरा बिरेस भन्ने रितेश चौरसियालाई जिल्ला प्रशासन कार्यालय रौतहटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटको थुनामा पठाएको छ । चौरसियाले जिप्रका रौतहटका शाखा अधिकृत ओमप्रकाश यादवलाई नागरिकता बनाउने विषयमा अपशब्द प्रयोग गरेका थिए ।
नागरिकताका लागि आवश्यक कागजात नपु¥याई जबर्जस्ती नागरिकता बनाउन खोजेपछि यादवले अस्विकार गरेका थिए । त्यसपछि चौरसियाले अपशब्द प्रयोग गर्दै नागरिकताका लागि दबाब दिएपछि पक्राउ गरिएको बताइएको छ ।
यता, जनमतका नेता चौरसियाले भने अधिकृत यादवलाई रितपूर्वक नागरिकता बनाइदिन आग्रह गरेपछि राजनीतिक पूर्वाग्रहले पक्राउ पूर्जी जारी गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…