मोसा दुर्घटना हुँदा एक युवकको मृत्यू, अर्का गम्भिर
प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनालगत्तै ट्राफिक प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०८१ कार्तिक २७ मंगलबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ भने अर्का गम्भिर घाईते भएका छन् ।
रौतहटको चन्द्रपुर वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गको पश्चिम तर्फको पहिलो लच्कामा मंगलबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लच्का नजिक सर्लाहीबाट निजगढ तर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७०४९ नम्बरको मोटरसाइकल सडकबाट तल खसेर दुर्घटना हुँदा चालक सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । दुर्घटनामा परेर घाइते अन्सारीलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा ल्याउँदा मृत्यु भएको हो ।
प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनालगत्तै ट्राफिक प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…