प्रहरी हिरासत कक्षबाटै थुनुवा फरार
घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।

२०८१ कार्तिक २५ आइतबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट फरार भएका छन् ।
शनिबार दिउँसो हिरासत कक्ष सफाई गर्ने क्रममा नै बरहथवा नगरपालिका वडा नम्बर ९ मूर्तियाका रामआयोधी मुखिया फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…