प्रेमको नाममा ५० लाख ठगेर भागेका आसिफलाई खोज्दै सर्लाहीको मलँगवामा बँगलादेशी महिला
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बंगलादेशी महिलाले प्रहरीमा उजुरी गरेपछि हामीले केटालाई खोजी रहेको जनाएको छ । तर सर्लाही प्रहरीले भने बंगलादेशी नागरिक अख्तरसंग आसिफ भन्ने व्यतिmले पैसा ठगेको कुनै प्रमाण नरहेको पनि जनाएको छ । बंगलादेशी नागरिक अख्तरलाई मलंगवास्थित सेफ हाउसमा राखिएको सर्लाही प्रहरीका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।

२०८१ कार्तिक २४ शनिबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो्, सर्लाही । वैदेशिक रोजगारमा बस्दा बंगलादेशी नागरिक मो. नसिरका ३० वर्षीय छोरी नसिमा अख्तरलाई नेपालको सर्लाही जिल्ला सदरमुकाम मलंगवा वडा नम्बर ३ का साहिद अलिका छोरा ३१ वर्षीय सदाम भनिने आसिफ मिकरानीले विवाहको प्रलोभनमा पार्दै ५० लाख रुपैयाँ ठगेर फरार भएको आरोप लागेको छ ।
लाखौँ रुपैयाँ लिएर फरार भए पछि उनलाई खोज्दै बंगलादेशी महिला मलंगवा आइपुगेकी छन् । बंगलादेशी चेली अख्तर तथा नेपाल मलंगवा बस्ने मिकरानीको केही वर्ष पहिला वैदेशिक रोजगारको क्रममा दोहा कतारमा भेट भएका थिए । दुबै जना एकअर्कालाई असाध्यै माया गरेको थियो । हामी दुवै जनाले संगै जिउने, संगै मर्ने कसमसमेत खाएको बंगलादेशी नागरिक अख्तरले बताइन् ।
आफुलाई विवाह गर्ने भनेर प्रलोभन देखाई मैले कमाएको ५० लाख नेपाली रुपैयाँ लिएर आसिफ फरार भएपछि उसलाई खोज्दै नेपाल आइपुगेको उनले बताइन् । केटाको साविक घर भएको सदरमुकाम मलंगवा वडा नम्बर ३ मा जाँदा उसले विवाह गरिसेको थाहा पाएपछि आफूले दिएको सो रकम फिर्ता गर्नुपर्ने वा आफूसंग विवाह गर्नु भनेर बंगलादेशी महिला अखतरले शर्त राखे पछि आरोपी आसिफ फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बंगलादेशी महिलाले प्रहरीमा उजुरी गरेपछि हामीले केटालाई खोजी रहेको जनाएको छ । तर सर्लाही प्रहरीले भने बंगलादेशी नागरिक अख्तरसंग आसिफ भन्ने व्यतिmले पैसा ठगेको कुनै प्रमाण नरहेको पनि जनाएको छ । बंगलादेशी नागरिक अख्तरलाई मलंगवास्थित सेफ हाउसमा राखिएको सर्लाही प्रहरीका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…