मधेशका बिमल साह जसले हारमोनियम बजाएर विश्व रेकर्ड बनाए, चारैतर्फ सम्मानको ओइरो
२०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम बिक्रि तथा मर्मत पसल खोलेका विमलसँग हाल हारमुनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । हार्मोनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आएका थिए ।

२०८१ कार्तिक २० मंगलबार, बेलुकी ७:०८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएपछी सर्लाहीका विमल साहलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको आइरो लागेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १३ श्रीनगर निवासी साहलाई विभिन्न व्यक्ति तथा ठाउँहरुमा सम्मान गर्न निम्तयाउने गरेको भए पनि उनिसँग भने अहिले समय अभाव रहेको छ । साह भन्छन्,–“मेरो जन्मथलो जाने प्रवल इच्छा भएपनि समय अभावले जान सकेको छैन । मेरो गाउँवासीले बोलाएपनि आफु समय अभावले जान नपाएको र छिटै समय मिलाएर गाउँ जानेछु ।”
वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेपछि उनको नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई समेत दिइसकेका छन ।
जन्मथलो श्रीनगरबाट २०७२ शालमा काठमाडौं कामको लागि पुगेका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे । ऊनि हारमोनियममा पेच कस्ने गर्थे र त्यातीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डॉक्टरको उपाधि पाउछन र विस्वकार्तिमान गर्छन भनेर । आफ्नो लगन र मेहनत कार्यप्रतिको एकाग्रताको कारण नै आज विमल हार्मोनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल हुनुभएको छ । वि.सं. २०४६ शालमा बुवा सत्यनारायण साह र माता राधिकादेवी साहका सन्तानका रुपमा जन्मिनुभएका विमल भारत , चीन , मलेसिया स्ट्रेलिया लगायक देशको समेत भ्रमण गरि सक्नु भएको छ । हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बेनका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ ।
कलाकारहरुलाई नेपालमा अहिले हरमुनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उनलाई हरमुनियमको डाक्टरको रुपमा पनि चिनिन्छ । गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई नै विमल बनेका छन। नेपाल चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा देखी गायक संगीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपाल मा चर्चित गायक गायिकाले विमलबाट हार्मोनियममा ट्युनिङ गराई सकेका छन ।
संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहे छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…