जनकपुरमा कार चढेर आएका युवकले फिल्मी शैलीमा ठगे अढाई लाखको समान
उनले भनेको ब्यूटी स्टुडियोमा जडान गर्न गएपछि उनले ४ महिना अगाडी नै सो सैलुन बेचिसकेको जानकारी पाएपछि सँचालक पँजियार आफू ठगीमा परेको जनाए । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा साहविरुद्ध ठगीको निवेदन समेत दिएका हुन् ।

२०८१ कार्तिक १३ मंगलबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित एक पसलबाट एक युवकले फिल्मी शैलीमा दुई लाख बढीको समान ठगेर फरार भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ पीडारीचोकस्थित रहेको एस.आर. ईन्टरनेश्नल नामक पसलबाट २ लाख ३५ हजारको ब्याट्री र ईन्भर्टर ठगी गरी फरार भएको आरोप लगाईएको छ ।
पसलका सँचालक रामचन्द्र पँजीयार (करण) ले ६ वटा ब्याट्री र एउटा अनलाईन यूपिएस ठगी गरी भागेको आरोप लगाएका छन् ।
सोमबार पिडारीचोकस्थित रहेको पसलमा बागमति प्रदेश ०१ ०२५ च ३७१६ नम्बरको रातो क्रेटा कारबाट ओर्लेका दुई युवकले गँगासागर र कदमचोकको बीचमा रहेको ब्युटी स्टुडियोमा ईनभर्टर जडान गरिदिनको लागि अर्डर गरे । सँचालक पँजियारले समानहरु स्टोकमा रहेको भन्दै जडानको लागि तयार भए । तर, भोलिपल्ट जडानको लागि समानसहित टेक्नीसियन जाँदा उनले फोन मार्फत समान त्यही छाडेर भोलीपल्ट जडान गर्न आउनु भनेर भनेका थिए । टेक्नीसियनहरु समान त्यही छाडेर फर्केपछि उनले समान लिएर फरार भएको पाईएको छ ।
मधेश प्रदेश पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर १ बस्ने जवाहर प्रसाद तेलीका छोरा विकास साह नामक युवकले सो समानहरु ठगेर फरार भएका छन् । उनले दिएको २ लाख ३५ हजारको चेक बैँकमा ब्लैक लिस्ट रहेको पाईएको छ । साहले फिल्मी शैलीमा ठगी गरी भागेको सँचालक पँजियारको आरोप छ । सँचालक पँजियारले ९८२७६१६४१५ नम्बरबाट सम्पर्क भएको जनाएका छन् । फोन अहिले स्वीच अफ रहेको छ भने ट्ररु कलरमा यादव ब्राण्ड भनेर नाम आईरहेको छ ।
उनले भनेको ब्यूटी स्टुडियोमा जडान गर्न गएपछि उनले ४ महिना अगाडी नै सो सैलुन बेचिसकेको जानकारी पाएपछि सँचालक पँजियार आफू ठगीमा परेको जनाए । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा साहविरुद्ध ठगीको निवेदन समेत दिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…