घुस लिँदै गर्दा बारा सिम्रौनगढका हाकिम बीरेन्द्र साह रँगेहात पक्राउ
दिउसो १ बजेको समयमा पैसा लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन गएको बेलामा पक्राउ गरिएको थियो प्रवक्ता गौतमले बताए । पक्राउ पेका निमित्त प्रमुख प्रशासकीय अधिकृतका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रमुख उमाकान्त आचार्यले जानकारी दिए ।

२०८१ कार्तिक ८ बिहीबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । अख्तियार अनुसन्धानको कार्यालय हेटौडाको टोलीले सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहलाई ७८ हजार घुस सहित पक्राउ गरेको छ ।
अख्तियारको कार्यालय हेटौडाबाट आएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको कार्यालय प्रमुख बस्ने निवासबाट घुसको सो रकम लेनदेन गरिरहेको अवस्थामा नै रंगेहात पक्राउ गरिएको अख्तियारको कार्यालय हेटौडाका सूचना अधिकारी गोविन्द गौतमले जानकारी दिए ।
पालिकाको खाजा खाएको एक होटेलको भुक्तानी गरिदिनका लागि रु ८० हजार घुस मागेको पीडितको निवेदन अनुसार नै साहलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता गौतमले भने । जननिर्वाचित प्रतिनिधि , सञ्चारकर्मी सहितको रहोबरमा मुचुल्का पुरा गर्ने काम भई पक्राउ परेका निमित्त प्रशासकीय अधिकृत साहलाई हेटौडा ल्याउने काम भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।
दिउसो १ बजेको समयमा पैसा लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन गएको बेलामा पक्राउ गरिएको थियो प्रवक्ता गौतमले बताए । पक्राउ पेका निमित्त प्रमुख प्रशासकीय अधिकृतका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रमुख उमाकान्त आचार्यले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…