जनकपुरः धनुषा प्रशासनले पोते 'हिन्दु गाउँ'

२०८१ कार्तिक ६ मंगलबार
बिहान ०९:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ पर्ने तेतरिया गाउँमा हिन्दु सम्राट सेनाले लगाएको 'हिन्दु गाउँ' को बोर्डलाई प्रहरीले पोतेको छ । 

जनकपुरधामको पुलचोकदेखि पूर्व रहेको वडा नं. १७ को तेतरिया गाउँलाई हिन्दु सम्राट सेनाले 'हिन्दु गाउँ' भनेर सम्बोधनसहितको बोर्ड लगाएपछि प्रशासनले मिटाएको हो । 

सो गाउँमा शतप्रतिशत हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको भन्दै हिन्दु सम्राट सेनाले 'हिन्दु गाउँ तेतरिया' भनेर बोर्ड लगाएको थियो । प्रहरी चौकी कपिलेश्वरबाट खटि गएको प्रहरीले बोर्डलाई मिटाएको हो । 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार बोर्ड पोतिएको बताएको छ । धार्मिक सदभाव खलबलिने गरी क्रियाकलाप नगर्न आग्रह गर्दै यस्ता गतिविधि उपर धनुषा प्रशासनको निगरानी रहेको बताएको छ । 

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जनकपुरधाम कहिले पनि धार्मिक हिँसा नभएको पवित्र ठाउँ रहेको बताउँदै यो भूमिमा धार्मिक सदभाव खलबलिने खालको गतिविधि गर्न नदिने बताए । एसपी तिवारीले जुनसुकै समुदायको भएपनि यस्ता गतिविधि मान्य नहुने बताए । 

एसपी तिवारीले जनकपुरधाम क्षेत्रमा सबै धर्म, जातजातीको सौहार्द बसोबास रहेको बताउँदै सौहार्द बिगार्ने कार्य कसैले नगर्न आग्रह गरे । 

  • 7%
  • 0%
  • 0%
  • 0%
  • 1%
  • 47%

IPL मा १४ बर्षिय किशोर बैभव सूर्यवंशीको शानदार शतक, फास्ट शतक हान्ने रेकर्ड ! 

  • २०८१ कार्तिक ६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित

पूरा पढ्नुहोस्

Bureau Menus