Close This

दुर्गा पूजाको नाचमा अश्लिलताको विरुद्ध लेखेपछि सँचारकर्मी साह पक्राउ

२०८१ कार्तिक ४ आइतबार
बिहान ०८:५८ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका सँचारकर्मी विजय महतो (साह) लाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

दशैँको बेला सिरहाको लहानस्थित रहेको दुर्गा मन्दिरको प्राँगनमा साँस्कृतिक कार्यक्रमको नाममा प्रशासनले प्रतिबन्ध गरेको अश्लिल खालको कार्यक्रम गरेको विरुद्धमा स्टेटस लेखेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । सँचारकर्मी साहमाथि साईबर क्राईमको मुद्दा लगाइएको प्रहरीले जनाएको छ । 

न्यूज ब्यूरोमा स्ट्रीन्जरको रुपमा समेत कार्यरत सँचारकर्मी साहले नेपाली संस्कृति र परम्पराको सम्मान गर्दै सदैव सत्यको पक्षमा आवाज उठाउँदै आएका छन् । उनले हालै दशैं पर्वको अवसरमा लहानको दुर्गा मन्दिरमा आयोजना गरिएको मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तुत गरिएका अश्लिल नृत्य र उछृंखल गतिविधिहरूको विरुद्धमा सचेतनामूलक सन्देश लेखेका थिए । उक्त सन्देशको आधारमा साहलाई पक्राउ गरिएको हो । 

सँचारकर्मी साहको पक्राउ विरुद्धमा प्रेस चौतारी नेपालले प्रहरीद्वारा गरिएको यो कार्बाहीले समाजमा अश्लिलतालाई बढावा दिएको र कुनै पनि दमनात्मक कार्यले लोकतन्त्रको मूल्यमान्यता कमजोर बनाउने उल्लेख गर्दै सरकार र सम्बद्ध निकायलाई पत्रकारिता र अभिव्यक्तिको अधिकारको संरक्षण गर्न पनि आग्रह गरिएको छ । अध्यक्ष शिवकुमारद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पत्रकार साहको तुरुन्त र निशर्त रिहाको माग गरिएको छ ।

जानकारी अनुसार, लहान नगरपालिकाका मेयरले महिला नर्तकीहरुबाट साईबर क्राईमको मुद्दा हाल्न लगाएको हो । मेयरको विरुद्धमा स्टेटसहरु लेखेपछि उनलाई पक्राउ गर्न लगाएको हो । 

उनलाई रिहाईको लागि सिरहाका पत्रकारहरुले भने खासै चासो लिएका छैनन् भने सिरहा प्रहरीले उजुरी हाल्ने महिलालाई बोलाएर छलफल गराई रिहा गर्ने तयारी गरेको बताएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ कार्तिक ४ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus