
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो ।
सिन्धुलीका युवराज पौडेल (सफल) ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ ९संशोधन सहित०ले दान दातव्य उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्री कानुन उल्लङ्घन गरेको उल्लेख छ ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ ।
प्रचण्ड गर्मी चढेपछि जलेश्वरमा कम्बल बाँडदै वडाध्यक्ष
- २०८१ कार्तिक १ बिहीबार
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको जलेश्वरमा वडाध्यक्षले गर्मी चढेपछि कम्बल वितरण सुरु गरेका छन् । जाडोको मौसममा कम्बल नदिएका वडाध्यक्षले गर्मीमा कम्बल बाँडन सुरु गरेको छ । जलेश्वर नगरपालिका वडा नम्बर
पूरा पढ्नुहोस्