मधेशमा विज्ञान क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ सर्लाहीमा विज्ञान प्रदर्शनी मेला आयोजना हुँदै
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा गर्नुपर्ने जनाइएको छ । उनको इमेल deosarlahi19@gmail.com, unesconatcomnepal@gmail.com, rameshworyadav2020@gmail.com ठेगामा मा सम्पर्क गरेर डकुमेन्टहरु पठाउनु पर्ने छ ।

२०८१ असोज ३० बुधबार, बिहान ८:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो,सर्लाही । सर्लाही जिल्लामा वृहद विज्ञान प्रदर्शनी मेला चाँडै आयोजना हुने भएका छन् ।
उक्त वृहद विज्ञान प्रदर्शनीमा सहभागीता जनाउन तथा विभिन्न विद्यालयहरुले आ आफना प्रस्ताव पेश गर्न शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले आह्वान गरेका हुन् ।
युनेस्को नेपाल राष्ट्रिय आयोग तथा बलरा नगरपालिकाको संयुक्त रुपमा आयोजना हुने उक्त मेलामा विद्यालयहरुले आउन लागेको कात्र्तिक महिनाको पहिलो साता भित्र आ आफना प्रोजेक्ट सहितको प्रस्तावना पेश गर्न शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले आह्वान गरेको छ ।
प्रस्तावना पेश गर्दा ध्यान दिनुपर्ने प्रमुख बुँदाहरु, सहभागी विद्यालयको छनोट प्रस्तावनाको आधारमा विद्यालय छनोट युनेस्को, शिक्षा विकास तथा समन्वय इकाई र बलरा नगरपालिकाको समन्वयमा हुनेछ । कक्षा ६ देखि १२ सम्मका निजी तथा सामुदायिक विद्यालयहरूले सहभागी हुने पाउने छन् ।
प्रस्ताव पेस गर्ने इच्छुक विद्यालयहरूले आउदो कात्र्तिक ४ गते भित्र प्रस्ताव पेस गर्नु पर्नेछ, तथा छनोट प्रक्रिया कात्र्तिक ५ गतेमा छनौट गरिने जनाइएको छ ।
सहभागी संख्या प्रत्येक विद्यालयबाट एक जना विज्ञान शिक्षक र बढिमा पाँच जना विद्यार्थीहरु सहभागी हुन पाउने व्यवस्थापन मिलाइएका छ । आधारभूत र माध्यमिक तहका विद्यालयहरू बिच अलग प्रतियोगिता हुने छ ।
जनता नमुना माध्यमिक विद्यालय बलरा नगरपालिका वडा नम्वर ८ गडहिया डुमरिया सर्लाही हुने छ । कार्तिकको अन्तिम सातामा प्रदर्शन हुने र सोको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा तय गरिने जनाइएको छ ।
आधारभूत तहका विजेताहरुलाई युनेस्कोबाट माध्यमिक तहका विजेतालाई प्रथम पुरस्कार स्वरुप नगद ३० हजार, द्वितीय पुरस्कार २५ हजार, तृतीय पुरस्कार २० हजार तथा दुई विद्यालयलाई सान्त्वना पुरस्कार स्वरुप जनही १० हजार प्रदान गरिने छ ।
छनोट भएका विद्यालयहरूले स्टल निर्माणका लागि ५ हजार व्यवस्थापन खर्च प्राप्त गर्ने छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा गर्नुपर्ने जनाइएको छ । उनको इमेल deosarlahi19@gmail.com, unesconatcomnepal@gmail.com, rameshworyadav2020@gmail.com ठेगामा मा सम्पर्क गरेर डकुमेन्टहरु पठाउनु पर्ने छ ।
विद्यार्थीहरूले वैज्ञानिक सिद्धान्त, आविष्कार र नवीनतम प्रविधिका प्रोजेक्टहरू प्रदर्शन गर्न सक्नेछन् । मुख्य विषयहरुमा ग्लोबल वार्मिङ र जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा (सौर्य, जल र वायु ऊर्जा), रोबोटिक्स र स्वचालन प्रणाली, जीवविज्ञान, रसायन विज्ञान र भौतिक विज्ञानका प्रयोगहरू, अन्तरिक्ष विज्ञान र ग्रहहरूको अध्ययन लगायतका विषयमा आधारित रहने छ ।
मधेस प्रदेशमा इन्जिनियरिङ र विज्ञान क्षेत्रलाई बढावा दिन तथा यहाँका क्याम्पसहरुलाई पनि यस मेलामा सहमागी गराई उनीहरुलाई स्टल राख्न पाउनेछन् । प्रदर्शनीले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहन गर्दै व्यावहारिक ज्ञानलाई जीवन्त बनाउन र प्रतिभावान् विद्यार्थीहरूको पहिचान गर्न सघाउ पुर्याउनमा मद्दत मिल्ने छ ।
पेश गरिएका प्रस्तावनाहरूको आधारमा छनोट गरिएका विद्यालयहरूले स्टल निर्माण प्रदर्शनी अघि नै पूरा गर्नु पर्ने छ । अन्य शिक्षण संस्थाहरूले भने प्रतियोगितामा भाग नलिएपनि प्रदर्शनीमा मात्र स्टल राख्न सक्ने व्यवस्थापन आयोजकले राखेको बताइएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…