जनकपुरको 'झिझिया महोत्सव' मा पूर्ण साँस्कृतिक कार्यक्रम, दर्शकहरु गदगद
नव मिथिला फाउडेशनका अध्यक्ष अमित साह, उपाध्यक्ष आदित्य झाले नेपोभिट टायल्स कम्पनीको विशेष स्पोन्सरमा कार्यक्रम सँचालन गरेका थिए । अन्य बर्षभन्दा यसपालीको कार्यक्रम पूर्ण सौहार्द र साँस्कृति भएको थियो ।

२०८१ असोज २४ बिहीबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशनको प्राँगनमा सम्पन्न भएको झिझिया महोत्सवमा सहभागी दर्शकहरुले पूर्ण साँस्कृति स्वाद पाउँदा गदगद भए ।
बुधबार साँझ ७ बजेदेखि सुरु भएको भिझिया महोत्सवमा हिन्दु धर्मावलम्बीहरुको चाडपर्वको महत्वलाई दर्साउने गरी कार्यक्रम केन्द्रीत गरेपछि दर्शकहरु खुसीले गदगद भएको देखियो ।
ग्रामिण भेकमा झिझियाको नाममा वा अन्य पर्वको नाममा अश्लिल नृत्य, नाचगान गर्ने गरेको अवस्थामा वाक्क भएका दर्शकहरुले रेल्वे स्टेशनको प्राँगनमा आयोजन गरिएको झिझिया महोत्सव पूर्ण साँस्कृति तवरले प्रदर्शन गरेको पाइयो ।
नव मिथिला फाउण्डेशनको आयोजनामा गरिएको झिझिया महोत्सवमा हजारौँ दर्शक ओर्लिए । मँचमा विभिन्न टीमहरुले साँस्कृतिकको बेजोड प्रस्तुति दिएपछि दर्शकहरुले अर्गानिक झिझियाको स्वाद पाए ।
विभिन्न माध्यमबाट गरिएको प्रत्यक्ष प्रसारणबाट समेत देशविदेशमा रहेका स्थानीयहरुले साँस्कृतिक कार्यक्रमको स्वाद पाउँदै कार्यक्रमको प्रशँसा गरे ।
सो कार्यक्रममा मधेशका चर्चित लोक गायक ललित कामतको बेजोड प्रस्तुतिले झन स्वाद थपियो ।
कार्यक्रममा साँस्कृति रितिरिवाजलाई पूर्ण ध्यान दिइएको थियो । सुरक्षा निकायका अधिकारीहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा केन्द्रीय मन्त्री रघुवीर महासेठ, साँसद जुली महतो महासेठ, धनुषाका एसपी भुवनेश्वर तिवारी लगायतका अधिकारीहरुले कार्यक्रमको प्रशँसा गरे ।
नव मिथिला फाउडेशनका अध्यक्ष अमित साह, उपाध्यक्ष आदित्य नेपालले नेपोभिट टायल्स कम्पनीको विशेष स्पोन्सरमा कार्यक्रम सँचालन गरेका थिए । अन्य बर्षभन्दा यसपालीको कार्यक्रम पूर्ण सौहार्द र साँस्कृति भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…