झिझियाको विकृतिलाई बढावा दिँदै मधेशकी सँस्कृति मन्त्री रानी तिवारी
शिक्षा तथा सँस्कृति मन्त्री तिवारीको आदेशमा मन्त्रालयले स्टेजमा झिझिया नचाउने प्रतियोगिताको लागि १५ लाख रुपैयाँ दिएको खुलेको छ । सँस्कृति जगेर्नाको नाममा सँस्कृति मास्ने कार्यमा मन्त्री तिवारी स्वयंम सक्रियता देखाएकी हुन् ।

२०८१ असोज २३ बुधबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यतिबेला मिथिला मधेशको पारम्पारिक लोक पर्व मानिने झिझियालाई विकृतिको रुप दिने प्रतियोगिता उत्कर्षमा छ । सोही क्रममा मधेश सरकारको शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा तिवारीले यसलाई बढावा दिएको आरोप छ ।
शिक्षा तथा सँस्कृति मन्त्री तिवारीको आदेशमा मन्त्रालयले स्टेजमा झिझिया नचाउने प्रतियोगिताको लागि १५ लाख रुपैयाँ दिएको खुलेको छ । सँस्कृति जगेर्नाको नाममा सँस्कृति मास्ने कार्यमा मन्त्री तिवारी स्वयंम सक्रियता देखाएकी हुन् ।
तराई मधेशमा लोक परम्परा रहेको झिझियाको आफ्नो बेग्लै महत्व र परम्परा रहिआएकोमा शिक्षा तथा सँस्कृति मन्त्रालयले जनकपुरको बन्द कोठामा प्रतियोगिता गराउन लागेको हो ।
मिथिला झिझिया नृत्य प्रतियोगिता नाम दिएको सो प्रतियोगितामा चेलिबेटीहरुबाट स्टेज (मँच) मा नाच्ने प्रतियोगिता हुने जनाइएको छ ।
एक सँचारकर्मीको अन्तरवार्तामा मन्त्री तिवारीले मौलिकतालाई मासेर झिझिया कार्यक्रम नगर्न आग्रह गरेकी छन् । उनले झिझियाको मौलिकतालाई बचाउनु सबैको धर्म रहेको बताउँदै विकृतिलाई बढाबा नदिएको दाबी गरिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…