जनकपुरः चिया पसलको आडमा यौनधन्दा, पाँच किशोरी पक्राउ, एक युवक छतबाटै हामफाले, अस्पताल भर्ना

२०८१ असोज ४ शुक्रबार
बिहान १०:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित चिया पसलको आडमा यौनधन्दा सँचालन गरेको खवर पाएपछि धनुषा प्रहरीले छापामारी गरेको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोक र दुर्गाचोकस्थित सँचालनमा रहेको एक चिया पसलको पछाडी यौनधन्दा सँचालन गर्दै आएका थिए । विहिबार वडा नं. ७ का वडाध्यक्ष नीरज साहको अगुवाईमा गएको प्रहरी टोलीले छापामारी गरेपछि पाँच किशोरी पक्राउ परेकी छन् । त्यहाँस्थित रहेको बियरयानी घरको छेउमा यस्तो धन्दा हुँदै आएको थियो । 

पक्राउ परेकाहरु मध्ये ४ जना रौतहट चन्द्रनिगाहपरकी रहेकी छन् भने् एक जना भारत बिहारको रहेकी छन् । ग्राहक भएर गएका एक युवक भने दुई तल्लाबाट हामफालेका छन् । उनको खुट्टामा गम्भिर चोट लागेपछि उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ ।

वडाध्यक्ष साहका अनुसार, पक्राउ परेकी किशोरीहरु एकदम कलिला उमेरकी रहेकी छन् । १५ बर्षसम्मकी किशोरीहरुलाई यौनधन्दामा लगाएको खवर पाएपछि आफूले एक्सन लिएको बताए । 

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरीचौकी जिरोमाईलबाट खटेको टोलीले अगाडी चिया पसल पछाडी ३ वटा केबिन बनाएर राखिएको पाईएको थियो । स्थानीयहरुको गुनासोपछि सो चिया पसलमा छापामारी गरिएको थियो । छापामारीको क्रममा विभिन्न शंकास्पद वस्तुहरु भेटिएपछि माथिल्लो तल्लासम्म चेकजाँच गर्ने क्रममा चौथो तल्लाबाट किशोरीहरु पक्राउ परेको जनाईएको छ । 

पाँचै जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाईएको छ । यता, चिया पसले फरार रहेको प्रहरीले जनाएको छ । सो चियापसलमा वडाध्यक्षको रोहबरमा तालाबन्दी गरिएको छ । 

  • 2%
  • 3%
  • 1%
  • 3%
  • 2%
  • 82%

मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा एयरपोर्टबाटै तीन जना पक्राउ 

  • २०८१ असोज ४ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त घटना

पूरा पढ्नुहोस्

Bureau Menus