बिहेको चार महिना नबित्दै श्रीमतिलाई घाँटी थिचेर हत्या !
राउतले श्रीमतिको परिवारसँग दाईजो मागेको र नदिएको कारण घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरु बताउँछन् । यद्यपी, श्रीमान श्रीमतिबीच कुनै कुरालाई लिएर झगडा हुँदा आवेगमा आएर रोहनले घाँटी थिचेर मारिदिएको प्रहरीका प्रारम्भिक जानकारी छ ।

२०८१ भदौ ५ बुधबार, दिउँसो १२:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा बिहे भएको चार महिना नबित्दै श्रीमानले श्रीमतिको हत्या गरेको खवर बाहिरिएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ८ रमौलस्थित स्थानीय मोहन राउतको छोरा बर्ष २४ को रोहन राउतले आफ्नै श्रीमति बर्ष १९ की रिना राउतलाई घाँटी थिचेर हत्या गरिएको बताईएको छ ।
राउतले श्रीमतिको परिवारसँग दाईजो मागेको र नदिएको कारण घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरु बताउँछन् । यद्यपी, श्रीमान श्रीमतिबीच कुनै कुरालाई लिएर झगडा हुँदा आवेगमा आएर रोहनले घाँटी थिचेर मारिदिएको प्रहरीका प्रारम्भिक जानकारी छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ६ घर भएकी रिनालाई दाईजोको कारण मारिदिएको परिवारजनको आरोप छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…