न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा बिहे भएको चार महिना नबित्दै श्रीमानले श्रीमतिको हत्या गरेको खवर बाहिरिएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ८ रमौलस्थित स्थानीय मोहन राउतको छोरा बर्ष २४ को रोहन राउतले आफ्नै श्रीमति बर्ष १९ की रिना राउतलाई घाँटी थिचेर हत्या गरिएको बताईएको छ ।
राउतले श्रीमतिको परिवारसँग दाईजो मागेको र नदिएको कारण घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरु बताउँछन् । यद्यपी, श्रीमान श्रीमतिबीच कुनै कुरालाई लिएर झगडा हुँदा आवेगमा आएर रोहनले घाँटी थिचेर मारिदिएको प्रहरीका प्रारम्भिक जानकारी छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ६ घर भएकी रिनालाई दाईजोको कारण मारिदिएको परिवारजनको आरोप छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८१ भदौ ५ बुधबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्







