Close This

विदेशीयाहरुलाई बेवकुफ बनाएर टिकटोकियाहरुले लाखौँ ठगे, सोनम-सोनालीको ठगी धन्दा

२०८१ श्रावण २६ शनिबार
रति ८:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा बचाउ अभियानको नाममा महोत्तरीकी टिकटोकिया सोनम मण्डल र सोनाली मण्डल दिदीबिहिनीले ईमोश्नल व्यापार सुरु गरेकी छन् । 

विभिन्न समयमा बचाउ अभियानको नाममा लाखौँ असुलेर हरहिसाब पारदर्शी नगरेपछि उनलाई अनलाईन ठगको सँज्ञा दिइएको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले गरिब, विपन्नलाई आवश्यक परेको बेला सहयोगको लागि पठाएको रकम उनीहरुले आफ्नो खातामा मगाएर हर हिसाब पारदर्शी नगरेपछि सहयोगकर्ताहरुले उनीहरुसँग हरहिसाब पारदर्शी गर्न माग गरेका छन् । 

धनुषाको नगराईन नगरपालिकाका एक बच्चा अँशु महतोको बचाउ अभियानमा नेपालमा प्रतिबन्धित रहेको गैर कानुनी एप टिकटकबाट ईमोश्नल भिडियो बनाएर सहयोगको नाममा रकम ट्रान्सफर गराउँदै अहिले लाखौँ रुपैयाँ घप्ला गरेको आरोप छ । उनले हस्पिटलमा उपचारको नाममा १४ लाख रुपैयाँ बुझाएको भनेपछि अस्प्तालले भने मात्र ७ लाख ८० हजार रुपैयाँ बुझाएको पुष्टि गरेपछि उनीहरुले लाखौँ रुपैयाँ ठगी गरेको पुष्टि हुन्छ । 

मण्डल दिदीबहिनीले अँशु महतोको बचाउ अभियानमा लाखौँ रुपैयाँ घप्ला हानेर अहिले अर्को अभियानमा जुटेकी हुन् । उनीहरुले रकमकै लोभमा अभियानलाई धन्दा बनाएर व्यापार सुरु गरेकी आरोप छ । उनीहरुले विदेशीयाहरुलाई टिकटक मार्फत ईमोश्नल कुराहरु गरेर रकम ठगी गर्ने गरेकी हुन् । 

अँशु महतोको बचाउ अभियानमा टिकटोकिया मण्डल दिदीबहिनीले ८ लाख बढी रकम घप्ला गरेको अनुमान छ । विदेश बस्ने नेपालीहरुले सहयोगको नाममा आफ्नो खुन पसिनाको कमाई एक एक रुपैयाँ जम्मा गरी पठाएपनि दुवै दिदीबहिनीले यसलाई व्यापार बनाएकी हुन् । 

अँशु महतोको बचाउ अभियानको बेला उनीहरुले सिधा खाता नम्बर नदिएर एक सम्पर्क नम्बर जारी गर्दै कल गरे खाता नम्बर दिने बताएकी थिईन् । उनले सार्वजनिक रुपमै खाता नम्बर सार्वजनिक गर्न सक्थिन तर, रकम घप्ला गर्नको लागि प्राईभेट खाता दिँदै विदेशियाहरुलाइ ठगी गरेकी हुन् । 

यता, त्यस्ता अविश्वासिलो, ठगहरुलाई पैसा पठाउनेहरुको गलती रहेको समाजसेवी सरोज मिश्रले बताए । उनले पीडित परिवारलाई सीधा खातामा दिने वा सम्बन्धित अस्पतालमा भर्ना भए अस्पतालमै दिनुपर्नेमा तेस्रो व्यक्तिलाई पठाउनु भनेको पठाउनेहरुको गलती भएको सुझाए । उनले आईन्दा यस्ता ठगहरुको खातामा, ईसेवामा कुनै प्रकारको सहयोग राशी नपठाउन आग्रह गरे । 

यस सन्दर्भमा सोनम सोनाली दिदीबहिनीसँग सम्पर्क गर्न खोज्दा उनकी आमाले कटाक्ष गरिन् । उनीहरुले आमालाई फोन थमाएर पन्छिन खोजिन् । उनीहरु अहिले सम्पर्कविहिन भएर मात्र टिकटकमा देखा परेकी छन् । 

सहयोग गरेका श्रमिकहरुले सहयोग राशीको हरहिसाब नदिए ठगी मुद्दा दायर गर्ने चेतावनी दिएको हो । 

  • 4%
  • 22%
  • 0%
  • 0%
  • 0%
  • 50%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०८१ श्रावण २६ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus