बँगलादेशको अशान्तिमाथि भारतले निगरानी बढाउने
‘जुन कुराले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ, त्यो हो बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दा । उनीहरूको पसल र कयौँ स्थान‍का मन्दिरमा आक्रमणको खबर आएको छ। तर अहिले पनि हामीलाई यसबारेमा पूरा जानकारी आइसकेको छैन ।’

२०८१ साउन २५ शुक्रबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतले बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको निगरानीका लागि एक समिति बनाउने निर्णय गरेको छ ।
यो समिति बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा जुट्ने छ।
भारतीय गृहमन्त्री अमित शाहले शुक्रबार एक ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।
‘बंगलादेशमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मोदी सरकारले भारत-बंगलादेश सीमा (आईबीबी) मा जारी अवस्थाको निगरानीका लागि एक समिति गठन गरेको छ’, उनले भनेका छन् ।
उनका अनुसार यो समिति बंगलादेशमा आफ्ना समकक्षी अधिकारीसँग संवादमा रहने छ । यो समितिले बंगलादेशमा नियमित संवादमा रहेर त्यहाँका भारतीय नागरिक, हिन्दु र अन्यअल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्ने छ । यस समितिको अध्यक्षता एडीजी, सीमा सुरक्षा बल र पूर्वी कमानले गर्नेछन् ।
बंगलादेशमा शेख हसिनाले देश छोडेर गएपछि सामाजिक सञ्जालमा हिन्दुहरूको सम्पत्ति र मन्दिरमा हमला गरिएका समाचार लगातार आइरहेका छन् ।
भारतका विदेश मन्त्री एस। जयशंकरले ६ अगस्टमा बंगलादेशको अवस्थाबारे सम्बोधन गरेका थिए ।
‘जुन कुराले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ, त्यो हो बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दा । उनीहरूको पसल र कयौँ स्थानका मन्दिरमा आक्रमणको खबर आएको छ। तर अहिले पनि हामीलाई यसबारेमा पूरा जानकारी आइसकेको छैन ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…