भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै
उनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए।

२०८१ साउन २४ बिहीबार, बिहान ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन्।
विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्।
उनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए।
विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भने उनले भुटानमा गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…