
न्यूज ब्यूरो । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारततर्फ लागेकी हुन् ।
विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उहाँ चढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।
सर्वोच्च अदालतले धेरैजसो कोटा खारेजीको परमादेश दिइसकेको छ । तर विद्यार्थीहरूले पक्राउ परेकालाई रिहाइ र दमन गर्ने प्रहरीमाथि कारबाहीको माग राखेर केही दिनदेखि फेरि आन्दोलन गरेका थिए । आन्दोलनमाथि झनै दमन बढेपछि उनीहरूले प्रधानमन्त्रीकै राजीनामा माग गरेका थिए ।
हिजोको आन्दोलनमा मात्रै ९० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो । समग्रमा गएको जुलाईदेखि भइहेको आन्दोलनमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।
विराटनगरमा शोरुम फुटाएरै कार चोरी
- २०८१ श्रावण २१ सोमबार
न्यूज ब्यूरो, विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय
पूरा पढ्नुहोस्