जनकपुरमा युवाहरुको आन्दोलनप्रति राजपा युवा सँगठनको विरोध
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यू भएपछि जनकपुरमा चर्किएको आन्दोलनप्रति राजपा युवा संगठनले विरोध जनाउँदै भत्र्सना गरेको छ । जनकपुर अञ्चल अस्पताल परिसर भित्र भएको घटनाप्रति राजपाको भातृ सँगठन राजपा युवा सँगठन धनुषाले एक प्रेस विज

२०७५ जेठ ३१ बिहीबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यू भएपछि जनकपुरमा चर्किएको आन्दोलनप्रति राजपा युवा संगठनले विरोध जनाउँदै भत्र्सना गरेको छ ।
जनकपुर अञ्चल अस्पताल परिसर भित्र भएको घटनाप्रति राजपाको भातृ सँगठन राजपा युवा सँगठन धनुषाले एक प्रेस विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ ।
अस्पतालमा महिलाको मृत्यू भएको र कालोमोसो प्रकरण दुवै फरक भएको देखिएको हुनाले दुवै घटनालाई एकसाथ जोडन नमिल्ने हुनाले सो दुवै घटनाको उच्चस्तरीय छानबिन गरी दुवै घटनामा सँलग्न दोषी उपर कडा भन्दा कडा कारवाहीको लागि यस संगठन जोरदार माग गर्दछ । सँगठनको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसका साथै, जनकपुर अञ्चल अस्पतालमा विरामीको चाप अनुसारको चिकित्सक उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।
अस्पतालमा विरामीहरुलाई सुविधा सम्पन्न ढँगले उपचारको व्यवस्था मिलाउन माग समेत सँगठनका अध्यक्ष राजकुमार साह र सुनिल कुमार श्रेष्ठ सानुद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…