भारतको जम्मु कश्मिरमा आतंकवादी र सेनाबीच झडप
झडपमा घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । घटनाको कश्मीर टाइगर्स नामक सङ्गठनले जिम्मेवारी लिएको छ । डोडा जिल्लाको जङ्गल क्षेत्रमा अहिले पनि सेनाले हेलिकप्टरबाट खोजी अभियान चलाइरहेको छ ।

२०८१ साउन १ मंगलबार, बेलुकी ७:११ बजे१ मिनेट पढाइ

एजेन्सी । भारत जम्मू कश्मीरको डोडा जिल्लामा आतङ्कवादी समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । भारतीय सेनाले डोडाको जङ्गलमा खोजी अभियान चलाइरहेको र गएराति झडपको घटना भएको हो ।
अभियानकैक्रममा आतङ्कवादी समूहले चलाएको गोली लागेर सेनाका एक क्याप्टेनसहित चार सैनिक र एक जना प्रहरीको ज्यान गएको सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।
झडपमा घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । घटनाको कश्मीर टाइगर्स नामक सङ्गठनले जिम्मेवारी लिएको छ । डोडा जिल्लाको जङ्गल क्षेत्रमा अहिले पनि सेनाले हेलिकप्टरबाट खोजी अभियान चलाइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…