अमेरिकाका पूर्व राष्ट्रपति तथा उम्मेदवार डोनाल्ड ट्रम्पमाथि हत्याको प्रयास, संदिग्ध गोली हानेर मारिए
ती संदिग्धलाई घटनास्थलमा उपस्थित सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ। ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली लागेर र्‍यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्।

२०८१ असार ३० आइतबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ
एजेन्सी । अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ।
शनिबार पेन्सिलभेनियाको बट्लरमा चुनावी र्यालीको क्रममा पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पमाथि गोली प्रहार भएको हो।
चुनावी र्यालीका क्रममा ट्रम्पले सम्बोधन गरिरहँदा एक्कासि गोलीको आवाज सुनिएको थियो। उक्त घटनाको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
बिबिसीका अनुसार बाइडेन प्रशासनबारे बोलिरहँदा केही पड्किएको आवाज आएको थियो। त्यो आवाज के को थियो भन्ने भेउ नपाउँदै ट्रम्पको दाहिने कानमा गोली लागेको थियो।
गोली लाग्ने बित्तिकै उनी दाहिने कान समात्दै बाँकी गोलीबाट बँच्नका लागि पोडियम पछाडि धुँडा टेकेर बसे।
उनी पछाडि रहेका उनका समर्थकहरू पनि गोलीको आवाज सुनेर पोडियम पछाडि आए र घुँडा टेकेर बसे।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…