जनकनन्दिनी गाउँपालिकामा कृषि विद्युतिकरणको लागि सम्झौता, किसानको लागि कोसेढुुँगा
सम्झौताको लागि नेपाल विद्युत प्राधिकरण यदुकूहा वितरण केन्द्रका प्रमुख गोपाल ठाकुरसँग जनकनन्दिनी गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, गाउँपालिका उपाध्यक्ष कमला सहगल र योजना शाखा प्रमुख ई. मुकेश मण्डलको रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

२०८१ असार १८ मंगलबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले स्थानीय किसानहरुको सिँचाईको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको छ ।
जनकनन्दिनी गाउँपालिकाभित्र रहेका किसानहरुको खेत खेतमा सिँचाई पुरयाउनको लागि नेपाल विद्युत प्राधिकरणसँग कृषि विद्युतिकरणको लागि सम्झौता भएको हो ।
जनकन्दिनी गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको लागत साँझेदारीमा गाउँपालिकाभरि विद्युतिकरणको सम्झौता भएको हो । जसको लागि गाउँपालिकाले ९९ लाख रुपैयाँ र विद्युत प्राधिकरणले २४ लाख ७५ हजार रुपैयाँ गरी कुल १ करोड २३ लाख ७५ हजार रुपैयाँको विद्युतिकरणको सम्झौता भएको हो ।
विद्युतीकरणको लागि यसअघि कोटेशन, बीड मार्फत गरिदै आएकोमा अनियमितताको गन्ध आउने गरेको भन्दै गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले सीधा विद्युत प्राधिकरणसँगै सम्झौता गरेका हुन् ।

प्राधिकरणसँग एक बर्षको लागि सम्झौता भएपनि आउँदो ६ महिनाभित्र सो रकमले पुग हुने गरी तार, पोल र ट्रासन्फर जडान गरिने भएको छ । यसको लागि कामदार, कर्मचारी समेत विद्युत प्राधिकरणले नै परिचालन गर्ने भएको छ ।
किसानहरुको खेत खेतमा सिँचाईको लागि यो सम्झौता जनकनन्दिनी गाउँपालिकावसाी, किसान, कृषकहरुको लागि कोसेढुँगा साबित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले बताए । यादवका अनुसार, सीधा प्राधिकरणसँग सम्झौता हुँदा काम समेत गुणस्तरीय हुनेमा विश्वास व्यक्त गरे ।
सम्झौताको लागि नेपाल विद्युत प्राधिकरण यदुकूहा वितरण केन्द्रका प्रमुख गोपाल ठाकुरसँग जनकनन्दिनी गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, गाउँपालिका उपाध्यक्ष कमला सहगल र योजना शाखा प्रमुख ई. मुकेश मण्डलको रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…