मधेशमा कृषि उद्योग स्थापनाको लागि जर्मन नागरिकसँग मुख्यमन्त्रीको छलफल

२०८१ असार १२ मंगलबार
बिहान ०७:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसँग जर्मन नागरिक आदेश सेरिलमेजले भेटघाट गरेका छन् ।

जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेको छ । कृषिमा आत्मनिर्भर मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनी मुख्यमन्त्रीसँग भेटघाट गरेका छन् । 

नेपालमा रहेको प्लेटा नेपाल नामक कम्पनीको सहकार्यमा प्रदेशमा कृषि उद्योग स्थापना गर्न प्रस्ताव राखेका छन् । उनको प्रस्ताव प्रति सकारात्मक भई कार्य अगाडि बढाउन मुख्यमन्त्री सिंहले सेरिलमेजलाई आग्रह गरेको छ । सेरिलमेजले स्थापना गर्न लागेको उद्योगमा मधेशका सयौँ युवाहरुले रोजगारी पाउने छन् ।

मुख्यमन्त्री सिंहले विभिन्न कार्यक्रममार्फत विदेशी लगानीकर्ताहरुलाई यस प्रदेशमा लगानी गर्न आह्वान गरेको छ । सोही अनुरुप लगानीकर्ताहरु अहिले मुख्यमन्त्री सिंहसँग भेटेर लगानीको वातावरण बनाइदिन र त्यसमा आवश्यक सहयोगका लागि भेटघाट गर्ने गरेका छन् । सो उद्योग स्थापनाको लागि यहाँ पाँच सय विघा जग्गा आवश्यक पर्ने भएको छ । सो जग्गा व्यवस्थापनमा पनि समन्वय गरिदिन सेरिलमेजले मुख्यमन्त्रीलाई आग्रह गरे । 

प्रस्तावित उद्योगमा किसानले फलाएको कच्चा पदार्थलाई औद्योगीकरण गरी विभिन्न सामग्री बनाउने छन् । सो छलफलमा मधेश प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा पनि सहभागी थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ असार १२ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus