जनकपुरमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा खुट्टा भाँचियो, अवस्था गम्भिर
न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा बसले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् । जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा दिउँसो करिब १२ बजे जेब्रा क्रसिँग गर्ने क्रममा ना ५ ख ८४७ नम्बरको बसले ठक्कर दिएर खुट्टा पार गरेको ट्राफिक प्रहरी कार्यालय धनुषाले

२०७५ जेठ ३० बुधबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा बसले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा दिउँसो करिब १२ बजे जेब्रा क्रसिँग गर्ने क्रममा ना ५ ख ८४७ नम्बरको बसले ठक्कर दिएर खुट्टा पार गरेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाईते हुनेमा धनुषाधाम नगरपालिका वडा नं. ३ धनुषाधाम बस्ने अन्दाजी बर्ष ५० का भोला मण्डल रहेको जनाइएको छ ।
मण्डललाई ठक्कर दिएपछि खुटटमाथिबाट बसको चक्का पार भएपछि खुट्टा पूर्णतः फयाक्चर भएको हो ।
यता, बस र बस चालकलाई जानकी प्रहरी चौकीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ भने घाईतेलाई जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…