जनकपुर यातायात कार्यालयका अधिकृत साहसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स वितरण कार्यमा संलग्न अभियोगमा सिआइबीको टोलीले आइतबार जनकपुर यातायात कार्यालयका दिलिप कुमार साह, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य, चितवनका राजेश लम्साल र वन मन्त्रालयका उपसचिव केशव अर्याल पक्राउ परेका छन् ।

२०८१ असार ३ सोमबार, राति ८:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभाग अन्तर्गतको जनकपुर यातायात कार्यालयका एक अधिकृतसहित पाँच जनालाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली सवारी लाइसेन्स प्रकरणमा पाँच जना उपसचिवलाई पक्राउ गरेको हो ।
नक्कली लाइसेन्स वितरण कार्यमा संलग्न अभियोगमा सिआइबीको टोलीले आइतबार जनकपुर यातायात कार्यालयका दिलिप कुमार साह, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य, चितवनका राजेश लम्साल र वन मन्त्रालयका उपसचिव केशव अर्याल पक्राउ परेका छन् ।
उनीहरुलाई नक्कली लाईसेन्स प्रकरणमा पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…