न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ । महोत्तरीमा एक विद्यालय राजनीतिक दलकको अखाडा बनेको छ ।
महोत्तरी गाउँपालिका वडा नं. ३ स्थित रहेको ज.उ.मा.वी. मड़ई उग्रपट्टी विद्यालयमा ४ शिक्षकको दरबंदी भएपनि विना शिक्षककै विद्यालय चल्दै आएको छ ।
विद्यालयमा विभिन्न दलको वर्चश्वताको आधारमा विद्यालय सँचालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीलिप पाण्डेयले बताए ।
पाण्डेयका अनुसार, विद्यालयमा ४ शिक्षकको दरबन्दी आएको छ तर अहिले सम्म बिद्यार्थी बिना शिक्षकको पठन पाठन गर्दै आएको छ ।
विद्यालयका प्रधनाध्यापक सहित अध्य्क्ष पाण्डेयले विद्यालय सुधार र शिक्षक पदपूर्तिको लागि गाउँपालिका कार्यालयमा निवेदन दिएपनि कुनै प्रकारको चासो नदेखाएको प्रति खेद प्रकट गरे ।
विगत ४ महिनादेखि विद्यालय शिक्षकविहन भएर पनि जसोतसो विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आएको छ । दीर्घकालिन टिकाउ र विद्यार्थीलाई विद्यालयमा टिकाईराख्न एवम् गुणस्तरीय शिक्षाको लागि पदपूर्ति अति आवश्कय रहेको बताए
।
स्थानीय ज.मा.बि. मडैईले दिएको करार शिक्षक नियुक्तिको सहमती नदिएछि आफू सहित विद्यालयका प्रअले समेत गाउँपालिका कार्यालय घाउँदै गरेको भएपनि चासो भने अझ नलिएको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै समयमैै विद्यालयको स्थिति सुधार र पदपूर्तिको लागि गाउँपालिकाले कदम नचाले न्यायलयको शर(ामा जाने चेतावनी समेत दिएका हुन् ।
राजनीतिक अखाडा बनाएर अहिलेसम्म पदपूर्ति नगरिएको र पदीय खिचातानीमा विद्यालय तथा स्थानीय बालबालिकाको भविष्य अँध्यारोतर्फ गईरहेको बताएका हुन् ।
विद्यालयको वर्तमान अवस्थाबारे वडाध्यक्ष राम स्नेही यादवलाई समेत जानकारी गराईसकेको तथा पहलकदमी सुरु भएको बताइएको छ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…