मेसु काण्डमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग
न्यूज ब्यूरो | जनकपुरधाम, २९ जेठ । गत जेठ २७ गते जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादव उपर मसी छर्केको भन्दै पक्राउ परेका युवाहरुलाई निःशर्त रिहा गर्न माग गरिएको छ । मधेस क्रान्ती फोरम जिल्ला कार्य समिति धनुषाले जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीको कारण एकजना सुत्के

२०७५ जेठ २९ मंगलबार, बेलुकी ६:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २९ जेठ । गत जेठ २७ गते जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादव उपर मसी छर्केको भन्दै पक्राउ परेका युवाहरुलाई निःशर्त रिहा गर्न माग गरिएको छ ।
मधेस क्रान्ती फोरम जिल्ला कार्य समिति धनुषाले जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीको कारण एकजना सुत्केरीकी अनाहकमा ज्यान गुमाउन पर्दा अस्पताल प्रणाली सुधारको लागि घटनाको विरोधलाई अपराधिक क्रियाकलाप मान्दै पक्राउ गरेको प्रति भत्सर्ना गरेको छ ।
मधेस क्रान्ती फोरमका सँयोजक नविन यादवले एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै त्यस घटनाको बिरोधमा जनकपुरका युवाहरूले मेसु र डाक्टरलाई सचेत गराउदै गर्दा पनि मेसु गम्भीर नभएकोले युवाहरू मेसु लाई कालोमोसो दल्न बाध्य भएको बताएका छन् ।
त्यसकै निहुँमा केहि युवाहरूलाई मेसुको भनाइकै भरमा प्रहरीले पक्राउ गरेर सार्बजनिक मुद्दा लगाउने दुस्साहस गर्नु निन्दनीय र अलोकतान्त्रिक चरीत्र मात्र नभएर समाज परिवर्तन चाहने युवाहरूलाई निरुत्साहित पार्न खोज्दै छ त्यस घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र पक्राउ परेको युवाहरूलाई निःसर्त रिहा गर्न जोडदार माग गर्दछौ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…