न्यूज ब्यूरो, जनकपुरधाम । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएपछि आइतबार शपथ लिने भएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबार साँझ ६ बजे शपथ लिने भएका छन् । सो शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ भारतको औपचारिक भ्रमणमा जाने छन् ।
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम तय भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८१ जेठ २७ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्