भारतमा प्रधानमन्त्री मोदीको भर्सन 3.0 को जनादेश , ओरालो यात्रामा मोदी !
मोदीलाई पुनः प्रधानमन्त्री बन्नको लागि जनादेश भएको छ । तर, राजनीतिक चपेटमा बिहामार नितिश कुमारले पल्टुपन देखाए मोदीको सरकार जतिबेला पनि खस्न सक्ने निश्चित भएको छ । भारतमा मोदीलाई पुनः प्रधानमन्त्री बन्ने अवसर दिएको हो ।

२०८१ जेठ २३ बुधबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री एवम् चर्चित नेता नरेन्द्र मोदीलाई त्यहाँका जनताले मोदी भर्सन ३.० को जनादेश गरेको छ ।
हिजो मँगलबार समाप्त भएको लोकसभा चुनावमा मोदी नेतृत्वको गठबन्धनले २९२ सिट ल्याएको छ । गठबन्धनमा चुनाव लडेको भारतीय जनता पार्टी (भाजपा–बिजेपी) ले ४०० पारको नारा लगाइरहेको बेला ३०० समेत पार गर्न सकेनन् । गठबन्धनमा चुनाव लडेका मोदीले ३०० समेत पार्न नसकेपछि उनको ओरालो यात्रा सुरु भएको टिपप्णी गरिएको छ ।
२०१९ को चुनावमा पिक प्वाइन्टमा रहेको भारतीय जनता पार्टीको यो पाँच बर्षको अन्तरालमा ओरालो यात्रा सुरु भएको हो । यद्यपी भारतमा लोकसभा चुनावमा सरकार बनाउन चाहिने २७२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले २९२ सिट ल्याएर बहुमत हाँसिल गरेको छ ।
मोदीलाई पुनः प्रधानमन्त्री बन्नको लागि जनादेश भएको छ । तर, राजनीतिक चपेटमा बिहामार नितिश कुमारले पल्टुपन देखाए मोदीको सरकार जतिबेला पनि खस्न सक्ने निश्चित भएको छ । भारतमा मोदीलाई पुनः प्रधानमन्त्री बन्ने अवसर दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…