प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी
प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए

२०८१ जेठ २२ मंगलबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका छन् । यो उनको वाराणासीबाट लगातार तेस्रो जीत हो ।
मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका छन् ।
प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…