नेपाली क्रिकेट टीमलाई चौधरी ग्रुपले ३० लाख रुपैयाँसम्म पुरस्कार दिने
यस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ मा पुगे टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएको छ ।

२०८१ जेठ २० आइतबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकुपुरधाम । चौधरी ग्रुप (सीजी) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको प्रदर्शनअनुसार विभिन्न पुरस्कारको घोषणा गरेको छ ।
नेपाली टोलीले खेल जितेमा एक लाख ५० हजार रुपैयाँ दिने सीजीले जनाएको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई एक लाख, अर्धशतक प्रहार गर्नेलाई ५० हजार र हरेक विकेट बराबर खेलाडीलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिने सीजीले जनाएको छ ।
यस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ मा पुगे टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…