इन्टर कलेज क्रिक्रेटमा जनकपुरको राराब कलेजले उचाले ट्रोफी
जवाफी ब्याटिङमा उत्रेका रा.रा.ब क्याम्पसले लक्ष्य पछ्याउँदै ५ ओभर शेष रहदै ११४ रन बनाएर उपाधी आफ्नो कब्जा गरेको हो । उक्त खेलमा ४ ओभर बलिङ गरेर तीन विकेट लिए र १२ रन बनाएर रा।रा।ब क्याम्पसका विद्यार्थी अङ्कित सिंह राजपुत म्यान अफ द म्याच बनेका हुन ।

२०८१ जेठ १९ शनिबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा “इन्टर कलेज क्रिकेट प्रतियोगिता २०८०” को उपाधीमाथि जनकपुरको राराब कलेजले कब्जा गरेको छ ।
शुक्रबार भएको फाइनल खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले बिपि मेमोरियल कलेजमाथी सानदार जित हात पारेको हो ।
बाह्रविघा मैदानमा भएको खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस ९राराब० क्याम्पसले ५ ओभर अगाडि बिपि मेमोरियल कलेजलाइ पराजित गर्दै फाइनलको उपाधी आफ्नो नाम गरेको हो ।
टस जितेर बिपि मेमोरियल क्याम्पसले सुरुमा ब्याटिङ रोजेका थिए । १६ ओभर खेलेर ११३ रन बनाएर ११४ रनको लक्ष्य रा.रा.ब. क्याम्पसलाइ बिपिले दिएको थियो । बिपि मेमोरियल कलेजको ब्याट्सम्यानले केही उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि राराबले उपाधी उचालेको हो ।
जवाफी ब्याटिङमा उत्रेका रा.रा.ब क्याम्पसले लक्ष्य पछ्याउँदै ५ ओभर शेष रहदै ११४ रन बनाएर उपाधी आफ्नो कब्जा गरेको हो । उक्त खेलमा ४ ओभर बलिङ गरेर तीन विकेट लिए र १२ रन बनाएर रा.रा.ब. क्याम्पसका विद्यार्थी अङ्कित सिंह राजपुत म्यान अफ द म्याच बनेका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…