भारतको कश्मिरमा बन्धक बनाईका ३६ नेपालीलाई दुतावासले गरे उद्धार, आलम र साजाद पक्राउ

२०८१ जेठ २ बुधबार
बेलुकी ५:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको कश्मिरमा बन्धक बनाईएका तीन दर्जन नेपालीलाई नेपाली दुतावासले नेपाल फर्काउन लागेका हुन् । 

मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही जिल्लाका विभिन्न स्थानबाट कामको शिलशिलामा भारतको कश्मिर पुरयाईएका ३६ जना नेपालीलाई नेपाली दुतावासले उद्धार गरी नेपाल फर्काउन लागेको हो । 

उनीहरुलाई बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् ।

मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था “किन इन्डिया” को समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ ।

उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ त्यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८१ जेठ २ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus