भारतको कश्मिरमा बन्धक बनाईका ३६ नेपालीलाई दुतावासले गरे उद्धार, आलम र साजाद पक्राउ
उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ त्यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताए ।

२०८१ जेठ २ बुधबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको कश्मिरमा बन्धक बनाईएका तीन दर्जन नेपालीलाई नेपाली दुतावासले नेपाल फर्काउन लागेका हुन् ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही जिल्लाका विभिन्न स्थानबाट कामको शिलशिलामा भारतको कश्मिर पुरयाईएका ३६ जना नेपालीलाई नेपाली दुतावासले उद्धार गरी नेपाल फर्काउन लागेको हो ।
उनीहरुलाई बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् ।
मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था “किन इन्डिया” को समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ ।
उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।
उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ त्यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…