पत्रकार यादवको घटनास्थलबाट मुख्य आरोपित ललनले लगाएका थिए धीरेन्द्र यादवलाई पटक-पटक फोन

२०८१ बैशाख १७ सोमबार
बिहान ०८:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्यूजब्यूरो डटकमका कार्यकारी सम्पादक स्वर्गीय विनय कुमार यादवको मृत्यू प्रकरणमा घटनास्थलबाट मुख्य आरोपित ललन भन्ने लक्ष्मीनारायण यादवले धीरेन्द्र यादवलाई पटक पटक फोन लगाएको देखिएको छ । 

गत मँगलबार पत्रकार यादवसँग भएको घटनाको क्रममा घटना भएको समयमा अहिले पक्राउ परेका ललन यादवले पत्रकार यादवको कट्टर दुश्मन मानिएका धीरेन्द्र यादवलाई पटक-पटक फोन लगाएको उनको मोबाईल रेकर्डबाट खुलेको छ । 

विगतदेखि नै पत्रकार विनय कुमार यादव र सुशिल यादवका छोरा धीरेन्द्र यादवबीच दुश्मनी चल्दै आएको थियो । धीरेन्द्रले विनयलाई कैयौँ पटक अपहरण गरी मार्ने, चारचक्के गाडीले किचेर पाँच लाख रुपैयाँ तिरिदिने, विनयलाई मार्नेलाई १० लाख रुपैयाँ दिने जस्ता धाकधम्की दिदै आएका थिए । ललनले सोही धीरेन्द्र यादवलाई घटनास्थलबाट बिहान ४ः१७ बजेमा धीरेन्द्र यादवको एनसेल नम्बर  9811740589 मा पटक-पटक फोन लगाएको देखिएको छ । 

प्रहरी समक्ष दिएको प्रारम्भिक बयान र न्यूज ब्यूरोलाई समेत दिएको एक बयानमा आफू बेहोस भएको दाबी गरेका ललन यादवले बेहोसी अवस्थामा धीरेन्द्र यादवलाई पटक पटक फोन लगाउनु हत्या योजनाको गन्ध साफ भएको छ । ललन यादवले बोक्ने दुवै सीमकार्डको कल डिटेल्स निकालिएमा उनको हत्या भएको कनेक्सन धीरेन्द्रसँग जोडिने सम्भावना बलियो हुँदै गएको छ । 

पत्रकार विनय कुमार यादवले प्रहरी समक्ष दिन लेखेको जीउ ज्यान सुरक्षाको निवेदनमा लक्ष्मीनारायण यादव समेतलाई बचाउ गर्न धीरेन्द्रका भाई बीरेन्द्र यादवले दिएको धम्की उल्लेख गरिएको छ । सो बखतमा लक्ष्मीनारायणले नै विनयलाई विश्वासमा लिएर उजुरी दर्ता हुन दिएको थिएनन् । आफू विनयसँग विश्वास पात्र बताउँदै धीरेन्द्रको लागि मुखवीरको काम गर्दै आएका थिए । ललन यादव रकमको लोभमा धीरेन्द्रको लागि सुराकीको काम गर्दै आएका थिए । 

घटनास्थलबाट धीरेन्द्र यादवलाई पटक पटक फोन गर्नुले विनयलाई जालमा फँसाएर योजनावद्ध तरिकाले कर्तव्य गरी ज्यान मारेको शंका वास्तविकता तर्फ जान थालेको हो । ललनले दुर्घटना बताएको सिसिटीभी फुटेज अनुसार ३ः४१ बजे हल्का गतिमा गुडीरहेको गाडी ३ः४२ मा दुर्घटना हुनुपर्नेमा उनले ४ः१७ मा धीरेन्द्रलाई पटक पटक फोन गरेको देखिएको छ । 

धीरेन्द्रको बारेमा समाचार आएपछि उनले कैयौँ पत्रकारलाई फोन मार्फत धाकधम्की दिँदै आएका छन् । उनले आफू सो दिन गाउँमा नभएको दाबी गरेपनि उनकै गाउँमा जडान भएको सिसिटीभी क्यामेरामा उनले गतिविधि रेकर्ड भएको प्रमाण फेला पारेका छौँ । उनी मँगलबार विहान ६ः०१ मा पत्रकार विनय कुमार यादवको घर हुँदै मोटसाईकलले असाधारण तवरले गएको देखिएको छ । मोटरसाईकल चढेर उनले पटक पटक पछाडी फर्केर हेर्दै विनयको घरमा समेत पटक पटक फर्केर हेर्दै अर्को टोल तर्फ जाँदै गरेको रेकर्ड भएको छ । 

धनुषा प्रहरीले बिटिएस प्रविधि मार्फत अनुसन्धान सुरु गरेको बताईएको छ । घटना भएको बेला आफू बेहोस भएको र केही जानकारी नभएको बताएका ललनले नै त्यहाँ स्थानीयहरुलाई उठाउन गएको स्थानीयहरुले जनाएको छ । उनले दिएको प्रारम्भिक बयानहरु गलत साबित हुँदै गएपछि हत्या भएको आशंका गरिएको छ । 

उनलाई सुरुदेखि नै समान्य मात्र चोट लागेको देखिएको छ भने बेहोसको नाटक मात्रै गरेका ललनको बारेमा प्रहरीले थाहा पाएपछि अस्पतालबाट उठाएका थिए ।

 
 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 96%
  • 0%

नेता प्रभु साह निकट आजपाका युवा नेता विजय यादव निर्विजलाई मातृशोक

  • २०८१ बैशाख १७ सोमबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहट जिल्लाको उत्तरी पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी एवम आम जनता पार्टीका स्थाई कमिटी सदस्य युवा नेता विजय यादव निर्विजलाई मातृ शोक परेको

पूरा पढ्नुहोस्

Bureau Menus