पत्रकार यादवको घटनास्थल नजिकको सिसिटीभि फुटेज फेला, ललनले नै चलाएको थियो गाडी, बाँकी जना फरार !

२०८१ बैशाख १६ आइतबार
रति ८:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गत मँगलबार ईन्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू प्रकरणमा प्रहरीले गाडी ललन भन्ने लक्ष्मीनारायण यादवले नै चलाएको पुष्टि गरेको छ । 

विनय यादवको घटनास्थलभन्दा करिब २०० मिटर उत्तर जडान गरिएको एक सिसिटिभी फुटेजमा समेत विनयको गाडी ललनले चलाएको प्रष्ट देखिएको छ । घटनापछि ललनले प्रहरीलाई दिएको बयानमा गाडी विनयले नै चलाएको र आफै अनियन्त्रित भएर दुर्घटना भएको भनेपछि ललनले गाडी चलाएर लगेको देखिएको छ । 

मँगलबार विहान ३ः४१ मिनेटपछि विनय सवार गाडी महेन्द्रनगर तर्फ गएको देखिन्छ । जसमा ललनले चलाएको र विनय उनको काँघमा दुवै हात राखेर बसिरहेको देखिन्छ । त्यो भन्दा अगाडी ४/५ वटा चारचक्के र मोटरसाईकल उत्तै तर्फ गएको देखिन्छ । घटना हुनुभन्दा पूर्व नै एक गाडीमा दुई जना सवार उल्टो लेनमा तिव्र गतिमा गाडी कुदाउँदै ढल्केवरतर्फ गएको देखिएको छ । 

ललनले भनेको समय र सिसिटिभीमा देखिएको समयानुसार दुर्घटना ३ः४२ बजे हुनुपर्ने देखिन्छ । उनको गाडीको स्पीड भने बढीमा २५ किलोमिटरप्रतिघण्टाको देखिन्छ । कहिल्यै तिव्र गतिमा मोटरसाईकल नचलाउने विनयले ललनलाई पनि सोही स्लोमा चलाउँदै लैजाँदै गरेको देखिएको छ । ललनले तीव्र गतिको कारण मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको भनेपछि गाडीको स्पीड हेर्दा दुर्घटना हुनै नसक्ने देखिन्छ भने दुर्घटना भएपनि समान्य चोटपटक बाहेक गम्भिर चोट लाग्ने सम्भावना अति न्यून छ । 

घटनास्थलको प्रकृति अनुसार पनि मोटरसाईकल, हेल्मेटमा कुनै क्षति देखिदैनन् । जबकी विनयको दाहिने कन्चटमा गम्भिर चोट लागेर घटनास्थलमै मृत्यू भएको देखिन्छ । उत्तरबाट दक्षिण गएको मोटरसाईकल दुर्घटना भएपनि उनलाई बायाँ कन्चट वा टाउकोमा चोट लाग्नुपर्नेमा उल्टो चोट लागेको देख्दा दुर्घटना नभई सुनुयोजित घटना रहेको बुझ्न सकिन्छ । 

दुर्घटना भनिएको घटनामा ललनलाई गहिरो चोटपटक पनि लागेको देखिदैन । अस्पतालको रिपोर्टमा उनलाई एकदम समान्य चोट लागेको छ । नत विनयलाई शरिरको कुनै अन्य भागमा चोट लागेको देखिन्छ नत ललनलाई नै । झन मोटरसाईकल र हेल्मेट समेत सुरक्षित हुँदा उनले कर्तव्य ज्यान गरी मारेको परिवारजनले आरोप लगाएका छन् । 

विनयको ब्यागमा रहेको दुई वटा बियरको बोतलमा समेत कुनै क्षति पुगेको देखिदैनन् । दुर्घटना हुँदा उनले बोकेको ब्यागमा क्षति पुग्ने थियो भने हल्का चोटमै फुट्ने बीयरको बोतल त्यतिकै सकुशल रहँदा ललनले कर्तव्य ज्यान मारेको शंका गरिएको हो । 

मोटरसाईकलको स्पीड र घटनास्थलको प्रकृति हेर्दा मेल नखाएको हो । यता, जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाले विभिन्न प्रणाली र विधिबाट अनुसन्धान सुरु गरेको छ । मुद्दा फाँटका प्रहरी नीरिक्षक नवराज खडका नेतृत्वको मुचुल्का टोलीले घटनास्थलसहित उनी गएका होटेलहरु समेत अनुसन्धान गर्दा ललनले गाडी चलाएर ल्याएको प्रमाण फेला पारेको हो । 

परिवारजनका अनुसार, विनयलाई जालमा पारेर ललनले धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसयविघा बस्ने सुशिल यादवका छोरा धीरेन्द्र यादव, बीरेन्द्र यादवको योजनामा कर्तव्य गरी ज्यान मारेको आरोप लगाईएको छ । विगतदेखि नै विनयसँग उनीहरुको दुश्मनी रहँदै आएकोमा पटक पटक मारिदिने, ज्यान मार्न लगाईदिने, गाडीले किचिदिने जस्ता धम्की दिएको अडियो समेत फेला परेकै हो । प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको हो । 

यता, घटनामा परिवारजनबाट आरोपित भनिएका धीरेन्द्र यादव, बीरेन्द्र यादव, स्कोरपियो चालक प्रशान्त महतो, विनयसँग होटेलमा रहेका धामी भन्ने श्रीनारायण यादव गाउँबाट फरार भएका छन् । घटना भएको दिन केही बेरमै धीरेन्द्रको गतिविधिहरु सिसिटिभीमा रेकर्ड भएको प्रमाण फेला पारिसकेका छौँ । 

  • 12%
  • 1%
  • 0%
  • 0%
  • 30%
  • 6%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८१ बैशाख १६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus