
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।
पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी हुने भएको छ । प्रथम रत्नपुर यू–१८ गोल्डकप फुटबल प्रतियोगितामा जित्नेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको हो ।
आउँदो बैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सँचालन हुने टुर्नामेन्टमा मिथिला नगरपालिकाको विभिन्न वडाका टीमहरुले सहभागीता जनाउने भएको छ । रत्नज्योति युवा क्लबको आयोजनामा हुने सो प्रतियोगितामा दोस्रो हुनेलाई ७ हजार रुपैयाँसहित मेडलहरु समेत प्रदान गरिने भएको छ ।
आयोजक रहेको रत्नज्योति क्लबका निशान्त थापाले प्रथम पटक युवाहरुलाई खेलकूदमा हौसला बढाउन प्रतियोगिता आयोजन गरिएको भन्दै यसमा स्पोन्सरको आवश्यकता रहेको बताए । उनले स्थानीय सरकारबाट कुनै साथ सहयोग नपाएको गुनासो गर्दै सहयोगी हातहरुले सहयोग गर्नुपर्ने धारणा राखे । थापाले सुरुमा सानोबाट सुरुवात गर्दा भोलीको दिनमा यहीबाट उन्नत खेलाडी जन्मिने दाबी गरे ।
उनले क्लबलाई सहयोग गर्नको लागि 9706967796 नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिने बताए ।
न्यूजब्यूरो समाचार प्रभावः भारतीय नागरिक मियाँको नागरिकता बदर गर्न सिफारिस
- २०८१ बैशाख १० सोमबार
न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ को सिफारिसबाट नागरिकता बनाएका भारतीय नागरिक मोस्ताक मियाँको नागरिकता बदर गर्नको लागि सिफारिस गरिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष
पूरा पढ्नुहोस्