जनकपुरः दुवै किडनी फेल भएका मण्डलको रिक्सा भाडा समेत नहुँदा बिच्चली, सहयोगको अपिल
उनी भन्छन्, –“अब कुसैले ऋण पनि दिदैन कसरी बाचु निकै कठिनाइ भैइरहेको छ । अब मलाई बाच्न पनि गार्हों न सम्पत्ति न कसैको सहारा नै ।” उनले आफू इलेक्ट्रिकल ,पलम्बर ,मिस्त्रीको गुण भएपनि काम गरेर खाँदै आएकोमा दुवै किडनी फेल भएपछि काम गर्न कठिनाई भएको बताए । जनकपुर देखि काठमाडौं सम्म उपचार गराए अहिले प्रादेशिक अस्पतालमा ड्यालोसिस गराउन जाँदा रिक्सा भाडाको पनि ग्राहो भैइरहेको पिडित मण्डलले बताए ।

२०८० चैत २५ आइतबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगर वडा नम्बर २१ कुर्था टोल बस्ने स्वः रामबिलास मण्डलको ३५ बर्षि छोरा सुजित कुमार मण्डलको दुबै किड्नी फैल हुँदा ड्यालोसिस गराउन पनि कठिनाइ भइरहेको छ ।
बिरामी हुँदा उपचार गराउँदै ३ कठ्ठा जग्गा जमिन समेत बेचिनुपरेको उनले बताएका छन् । अहिले करिब ७ लाख रुपैयाँ ऋण काढेर पनि उपचार खर्च सम्भव नभएपछि उनले सहयोगको अपिल गरेका हुन् ।
उनी भन्छन्, –“अब कुसैले ऋण पनि दिदैन कसरी बाचु निकै कठिनाइ भैइरहेको छ । अब मलाई बाच्न पनि गार्हों न सम्पत्ति न कसैको सहारा नै ।”
उनले आफू इलेक्ट्रिकल ,पलम्बर ,मिस्त्रीको गुण भएपनि काम गरेर खाँदै आएकोमा दुवै किडनी फेल भएपछि काम गर्न कठिनाई भएको बताए ।
जनकपुर देखि काठमाडौं सम्म उपचार गराए अहिले प्रादेशिक अस्पतालमा ड्यालोसिस गराउन जाँदा रिक्सा भाडाको पनि ग्राहो भैइरहेको पिडित मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…