मुख्यमन्त्री राउतको अभियानमा मेयर वकिलको यस्तो सहयोग !
सँजय कुमार सहनी | जनकपुरधाम, २७ जेठ । प्रदेश नं. २ को मुख्यमन्त्री मो. लालबाबू राउतले चलाएको "बेटि पढाउ , बेटि बचाउ " अभियानलाई निरन्तरता तथा सक्रियता दिइएको छ । रौतहटको परोहा नगरपालिकाका सर्वसाधारण ‘बेटि पढाउ बेटि बचाउ’ अभियान तर्फ आकर्षित भएको देखिएको छ । शिक्षा प्रेमीको रुपमा स्थापित रौतहटका एक म

२०७५ जेठ २७ आइतबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ

सँजय कुमार सहनी |
जनकपुरधाम, २७ जेठ । प्रदेश नं. २ को मुख्यमन्त्री मो. लालबाबू राउतले चलाएको "बेटि पढाउ , बेटि बचाउ " अभियानलाई निरन्तरता तथा सक्रियता दिइएको छ ।
रौतहटको परोहा नगरपालिकाका सर्वसाधारण ‘बेटि पढाउ बेटि बचाउ’ अभियान तर्फ आकर्षित भएको देखिएको छ ।
शिक्षा प्रेमीको रुपमा स्थापित रौतहटका एक मात्र मेयर शेख वकिलले छोरी चेलीहरुको शिक्षामा जोड दिदै विद्यालय पुग्न सजिलो होस भन्ने अभिप्रायले छात्राहरुको लागि साइकल बाड्ने अभियान नै चलाए पछि सर्वसाधारणहरु महिला शिक्षा प्रति आकर्षित भएका हुन् ।

केहि दिन अघि लगभग सयकडौं साईकल वितरण गर्नुभएका मेयर वकिलले आइतवार १ सय ६५ जना छात्रालाई साईकल वितरण गरेका छन् ।
अनहोतीलाल उच्च माध्यमिक विद्यालय बसन्तपट्टिमा आयोजित एक कार्यक्रमका बिच उक्त परिमाणको साईकल वितरण गरिएको हो ।
‘बेटि पढाउ बेटि बचाउ’ भन्ने मूख्यमन्त्री लालबाबु राउतको अभियानलाई सफल बनाउन पहिलो मेयर शेख वकिल रहेको देखिएको छ ।
हालसम्म उहाँले नगरपालिकाको २३० जनालाई साईकल वितरण गर्दै सबै शिक्षा प्रेमी र सर्वसाधारणहरुको मन जित्न सफल भएको स्थानीय रामबाबु दास बताउँछन् ।
कार्यक्रममा उप मेयर सुगान्धी देवी सहित पत्रकार, भद्रभलादमी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…