
न्यूज ब्यूरो, सर्लाही । एसइइ परीक्षा २०८० अन्तर्गत बुधवार पाँचौ सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित जनता मावीबाट दुई जना निरीक्षकलाई मर्यादा भंग गरेको आरोपमा परीक्षा केन्द्रबाट निष्काशित गरिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय मलंगवाका अनुसार हरिपूर्वा नगरपालिका वडा नम्वर ५ स्थित जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षकको रुपमा रहेका चन्दन दास र सुशिल रायलाई परीक्षाको मर्यादा भंग गरेको आरोपमा परीक्षा अनुगमन समितिले परीक्षा केन्द्रबाट दुवै जनालाई निष्काशित गरिएका हुन् ।
सर्लाहीको अन्य परीक्षा केन्द्रमा एसईई परीक्षा–२०८० को पाँचौ दिन सामाजिक विषयको परीक्षा सम्पन्न भएको जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार आज पाँचौ दिन अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८ः०० बजेदेखि सुरू भई तोकिएको समयमा सु–सम्पन्न भएको व्यहोरा थियो ।
यस वर्षको परीक्षामा १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज सामाजिक अध्ययन विषयमा नियमित तर्फ ५३५० छात्रा ५२३८ गरेर १०५८८ तथा ग्रेडबृद्धि तर्फ ६७ छात्रा ४७ छात्र गरी ११४ जना परीक्षार्थी परीक्षामा सहभागी भए भने १०८ छात्रा ८६ छात्र गरी १९४ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाए ।
सिरहाको गोलबजारमा आठौं अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप, पहिलो खेलमा सर्लाहीको शानदार जीत
- २०८० चैत २१ बुधबार
न्यूज ब्यूरो, सिरहा । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, भन्ने नाराका साथ सुरु भएको आठौं अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा रोमन फुटबल क्लब, सर्लाहीले पेमा
पूरा पढ्नुहोस्