सर्लाहीमा आज ७ जना परीक्षार्थीको परीक्षा रद्द, ३ केन्द्राध्यक्ष निलम्बन

२०८० चैत १८ आइतबार
रति ८:४३ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । एईई परीक्षा अन्तर्गत आज (आईतबार) भएको गणित विषयको परीक्षाको क्रममा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने तीन जना केन्द्राध्यक्ष पनि निलम्बनमा परेका छन् । 

सर्लाही जिल्लाको विभिन्न केन्द्रबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउसहित ७ परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । सोही क्रममा विभिन्न तीन केन्द्रका केन्द्राध्यक्षलाई निलम्बन समेत गरिएको हो । 

आईतबार केन्द्राध्यक्ष निर्देशन पुस्तिका-२०८० को बुदाँ नं ख(१०)(त) बमोजिम परीक्षामा अनियमितता गरेकोले श्री ज.मा.वि, धनकौल गापा-३, हरकठवा, सर्लाही परीक्षा केन्द्रका परीक्षार्थी राकेश कुमार महतो (सिम्बल नं ०२२१००४५"S"), श्री प.मा.वि, पर्सा गापा-५, सर्लाही परीक्षा केन्द्रका अनिस राय(सिम्बल नं.०२२०४५०८"T"), श्रीमती लक्ष्मीदेवी ज.मा.वि, मलंगवा नपा-११, गम्हरिया, सर्लाही परीक्षा केन्द्रका लिलम कुमारी (सिम्बल नं.०२२०२५५७"S" ), मनोज कुमार महतो (सिम्बल नं.०२२०७५३८"H"), भिम नारायण श्रेष्ठ (सिम्बल नं.०२२०७५२७"W") र मो.आर्यण मिकरानी (सिम्बल नं ०२२०९०१६"D") तथा श्री केश्वर गरिव ज.मा.वि, हरिपूर्वा नपा-५, सर्लाही परीक्षा केन्द्रका अनिता कुमारी यादव(सिम्बल नं.०२२०७२२६"H")को आजको गणित विषयको परीक्षा रद्द गरिएको जनाइएको छ । 

२०८० सालको कक्षा-१० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तेस्रो दिन अनिवार्य गणित (नियमित तथा ग्रेडबृद्धि)विषयको परीक्षा अनुगमन/निरीक्षणको क्रममा प्रतिबन्धित/अवाञ्छित वस्तु (किताव, कापी,नोटबुक,गाइड,गेसपेपर, अनुचित कागजात,मोबाइल फोन, ट्यावलेट,चिप्स, स्मार्ट वाच लगायत) ठूलो संख्यामा फेला परेको हुदाँ सम्बन्धित केन्द्राध्यक्षले परीक्षाको मर्यादा कायम राख्न कुशलतापूर्वक आफ्नो जिम्मेवारी वहन गर्न नसकेको, कर्तव्य र दायित्व पूरा गर्न सक्षम नदेखिएको ठहर सहित जिल्ला अन्तरगतका लक्ष्मीदेवी ज.मा.वि, मलंगवा नपा-११, गम्हरिया, सर्लाही परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश राय, श्री जनता मा.वि, चक्रघट्टा गापा-२, बेल्ही, सर्लाहीका परीक्षा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्र चौधरी र श्री जनता मा.वि, धनकौल गापा-३, हरकठवा, सर्लाही परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामनारायण यादवलाई केन्द्राध्यक्ष परबाट निलम्बन गरिएको जनाइएको छ । 

रिक्त केन्द्राध्यक्ष पदमा क्रमश: सोही विधालयका सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साह,  रविन्द्र राय, प्रअ, ज.मा.वि. सलेमपुर र मनोज कुमार राय, प्रअ, नारायण हरि मा.वि, सिसौटियालाई जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०८०/१२/१८ गतेको निर्णयानुसार नियुक्त गरिएको  शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ । 

एसईई परीक्षा- २०८० को तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा जिल्ला अन्तरगतका श्री जनकल्याण मा.वि, धनकौल गापा-१, धोविनिया, सर्लाहीका परीक्षार्थी राकेश कुमार महतो (सिम्बल नं ०२२१००४५ "S"को सट्टा अर्को व्यक्ति नक्कली परीक्षार्थी सर्लाही जिल्ला कविलासी नपा-७, सिरसियाका अनुमानित वर्ष १९ का कृष्ण महतो परीक्षा दिदै गरेको अवस्थामा फेला परेकोपरेपछि उनलाई पक्राउ गरि असली विद्यार्थीको परीक्षा रद्द गरिएको हो ।

 

 

  • 1%
  • 98%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८० चैत १८ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus