घाँटी रेटेर फालिएको अवस्थामा एक युवकको शव फेला

२०८० चैत १८ आइतबार
रति ८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बाँके ।  बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०(२२ वर्षीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा आइतबार शव फेला परेको हो ।

घाँटीमा हतियार प्रहार गरेर घाँटी रेटेर खाँको हत्या गरिएको देखिएको डिएसपी डाँगीले बताए । उनले खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको जनाउँदै घट्ना बारे तालिम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान थालिएको बताए । 

घटना रातीको भएपनि प्रहरीले घटनाबारे आइतबार दिनमा मात्रै थाहा पाएको थियो । मृतक अरबी खाँ पूर्व वडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले खाँको मोबाइल र उनका साथीहरूसँग सोधपुछ गरेर हत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । 

  • 0%
  • 6%
  • 0%
  • 0%
  • 81%
  • 0%

Why Men rape?

  • २०८० चैत १८ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus