सर्लाहीमा एसइइ परीक्षालाई सिसिटिभीबाट निगरानी गरिनेः सिडिओ धमला
परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उनको भनाई छ ।

२०८० चैत १४ बुधबार, दिउँसो ३:३४ बजे२ मिनेट पढाइ

राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीमा चैत्र १५ गतेदेखि देशभर एकसाथ संचालन हुने माध्यमिक शिक्षा परीक्षा९एसइइ० मा १० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन ।
जिल्लाका २० वटै स्थानिय तहका ३८ वटा परीक्षा केन्द्र मार्फत १० हजार ८९६ जना विद्यार्थी सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
१०५ वटा सामुदायिक विद्यालयका ९ हजार ५६२ र वटा संस्थागत विद्यालयबका एक हजार ३३४ जना विद्यार्थी सहभागी हुदै छन, प्राविधिक सहायक कुशवाहाले भने । १५८ जना ग्रेड बृद्वि परीक्षा सहभागि हुदै आएका छन । यो बर्ष हरिपुर नगरपालिका वार्ड १ स्थित पाँचकुमार लक्ष्मिणिया मावि हजारबिघामा पहिलो पटक नयाँ परीक्षा केन्द्र तोकिएका छन ।
गतबर्षको तुलनामा यो बर्ष करिब एक हजार परीक्षार्थी थप भएकाले नयाँ परीक्षा केन्द्र तोक्नु परेको प्राविधिक सहायक कुशवाहाको भनाई छ ।
परीक्षा संचालनका लागि ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरिक्षक, १०३ जना परीक्षा सहायक र २२० जना कार्यालय सहयोगी समेत गरी एक हजार १६ जना जनशक्ति परिचालन गरिएको परीक्षा समन्वय समिति सर्लाहीले जनाएको छ ।
परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । जिल्लाका ३८ वटै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम समेत भइसेका छन, उनले भने । प्रश्नपत्र समेत परीक्षा केन्द्रका नजिकको ईलाका प्रहरी कार्यलयमा पुर्याउने काम भइसकेका छन ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा विकास समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षा ९एसईई०–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरूसँगको १ दिने अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसककेको उनको भनाई छ ।
परीक्षालाई मर्यादित र थप व्यवस्थित बनाउनका लागि ४६ बुंदे आचारसंहिता सहित निर्देशन जारी गरिएको परीक्षा समन्वय समिति सर्लाहीका प्रमुख तथा प्रजिअ कोमल धमलाले बताए ।
परीक्षालाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि हामी पूर्ण रुपमा प्रतिबद छौं र त्यस्तै हामीले व्यवस्था गरेका छौं, प्रजिअ धमलाले भने ।
परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उनको भनाई छ ।
परीक्षाको सवालमा शून्य सहनशिलता लागु गरि परीक्षालाई अमर्यादित बनाउने जो कोहीलाई कडा कार्वाही गरिने बताउदै अर्मादित बनाउने क्षाम नहुनेमा फेरी उनले जिकिर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…