न्यूज ब्यूरो, अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली मूलका मधेशी समुदायले पारम्पारिक होली पर्व मनाएका छन् ।
विदेशिएपछि आफ्नो ठाउँको परम्परालाई निरन्तरता दिँदै परम्पारिक रुपमा होली पर्व मनाएको हो । अमेरिकास्थित पेन्सीलवेनियाँ स्टेटको पिटसवर्गस्थित बस्दै आएका मधेशी समुदायले होली पर्व मनाएको हो ।
फागू पूर्णिमामै हुने विधिवत होलीलाई मध्यनजर गर्दै मधेशी समुदायले आ–आफ्ना परिवारसहित स्थानीयहरुलाई समेत होली खेल्न प्रेरित गरेको त्यहाँ बस्दै आएका राम साहले जानकारी दिए । साहका अनुसार, आफूहरुसहित अमेरिकाका स्थानीयहरुलाई समेत होली पर्वको महत्व र धार्मिकताबारे जानकारी गराउँदै होली पर्व मनाएको हो ।
मधेशी एशोसिएन इन अमेरिका (मा) नामक सँस्थाको आयोजनामा मधेशी समुदायहरुले होली पर्व मनाएको हो । जहाँ होली पर्वमा विकृति बढदै जाँदा अमेरिका बस्ने नेपालीहरुले पारम्पारिक रुपमा होली पर्व मनाएर आफ्नो परम्परा जीवन्त राखेका छन् ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८० चैत १२ सोमबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्